onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एमसीसीले ब्याटिङलाई निरन्तरता दिदै : नेपाल चाहन्छ , बिहानैको सत्रमा अलआउट गर्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो तथा चर्चित क्रिकेट क्लब मेरिलेवन क्रिकेट क्लब (एमसीसी) र नेपालको प्रथम श्रेणी क्रिकेट अन्तर्गत दोस्रो दिनको खेल अबको केही समयपछि अर्थात सवा ९ बजेपछि सुरु हुनेछ

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको एमसीसीले पहिलो दिनको समाप्तीमा बलियोस्थितिमा रहने क्रममा ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको छ ।

बुधबार भएको पहिलो दिनमा केही ओभर बाकी रहदै खराब प्रकाशका कारण पहिलो दिनको खेल चाडैं सकिएको हो ।

आज एमसीसीले सोही स्कोरबाट सुरुबात गर्नेछ ।

यता ६ विकेट गुमाईसकेको नेपालले बिहानको सत्रमा अलआउट गर्ने रणनीतिमा रहेको छ । यदि नेपाल सफल भएमा नेपाललाई फाईदा पुग्नेछ यदि यस्तो नभएको खण्डमा एमसीसीले बलियो स्थितिमा आफ्नो ईनिङ समाप्तिको घोषणा गर्नेछ ।

एमसीसीका लागि विल रोड्सले पहिलो दिनको समाप्तिमा सर्बाधिक ठुलो योगदान गरे । दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका उनले ७३ रन बनाएका थिए ।

यस्तै माईल्स हामान्ड र विल भानडरसपारले पनि अर्धशतकिय पारी खेल्ने क्रममा क्रमश : ५२ र ५३ रनको योगदान गरेपछी टिमले यो स्कोरतर्फ पुग्न सफल भयो ।

यस्तै टम वेस्टलीले ३९ , एड योङले १७ रन र बिली गोडलम्यानले १० रन बनाए ।

यस्तै बलिङतर्फ नेपालका सन्दीप लामिछाने , सोमपाल कामी र शरद भेषावकरले समान २/२ विकेट हात पारे ।

यसअघि नेपालको राष्ट्रिय टोलीले सोमबार एमसीसीसँग एकदिवसिय खेल खेलेको थियो । उक्त खेलमा नेपाल ५ विकेटले विजयी हुन सफल हुँदा एमसीसीले भ्रमणको पहिलो खेलमा नेपाली यू–१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो ।

अब यो प्रथम श्रेणीको खेलपछि काठमाडौंमा एउटा् टि – ट्वान्टी खेल खेक्नेछ त्यसपछि टिम पोखरा लाग्नेछ र त्यहाँ स्थानिय टिमसँग दुई टि – ट्वान्टी खेल खेल्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *