ईमर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा
काठमाडौं ( अनलाइन खेलखबर ) || आउँदो नोभेम्बर १४ देखि २३ तारिखसम्म बंगलादेशमा हुन गईरहेको ईमर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा गरिएको छ ।
बुधबार नेपाल क्रिकेट संघ( क्यान ) ले यस प्रतियोगिताका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
जसअन्तर्गत ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको टिममा दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, इशान पाण्डे, मोहम्मद आरिफ शेख, अभिनाश बोहोरा र कुशल भुर्तेल रहेका छ्न ।
टिमका दुई अनुभवी खेलाडी सन्दिप लामिछाने र पारस खड्का भने टिममा छैनन । उनिहरु सोहि समयमा युएईमा हुने टि -१० लिगमा सहभागी हुनेछ्न ।
यसअघि यस प्रतियोगितामा नेपाल नभएपनी एसियन क्रिकेट काउन्सिल ( एसिसी ) का अनुसार युएईले अन्तिम समयमा आएर नखेल्ने भएपछि त्यसको ठाउँमा नेपाललाई मौका दिएको हो ।
यस्तै प्रतियोगिताको सार्वजनिक खेल तालिका अनुसार नेपाल समूह` बि´ मा रहेको छ । जसमा नेपालसहित भारत , हङकङ र आयोजक बंगलादेश रहेको छ ।
भने अर्को समूह` ए ´ मा श्रीलंका , अफगानिस्तान , पाकिस्तान र ओमान रहेका छ्न ।
समूह चरणबाट शिर्ष दुई टिम सेमिफाइनल पुग्नेछ्न ।
नेपालले प्रतियोगिताको सुरुवात नोभेम्बर १४ मा भारतबिरुद्द खेल्दै गर्नेछ भने दोस्रो खेलमा नेपालले नोभेम्बर १६ मा हङकङसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा नोभेम्बर १८ मा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ ।