
सचिन तेन्दुल्कर नेपाल आउँदै
काठमाडौं ( अनलाइन खेलखबर ) | भारतिय चर्चित महान क्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने कार्यक्रम रहेको कुरा बाहिर आएको छ ।
युनाईटेड नेशन ईन्टरनेशनल चिल्ड्रेन ईमर्जन्सी फन्ड ( युनिसेफ ) का सद्भावना दूत समेत रहेका सचिन सोही सस्थाको कार्यक्रमका दौरान नेपाल आउन लागेका हुन ।
यस अघि सोही कार्यक्रममा बलियुडका चर्चित अभिनेता आमिर खान पनि नेपाल आईपुगेका थिए ।
र भारतिय पुर्व कप्तान महेन्द्र सिँह धोनी लगायतका खेलाडीहरु पनि नेपाल आईपुगेका छ्न ।
सचिन नेपालमा यहि महिनाको नोभेम्बर मध्यतिर आउने कार्यक्रम तय भएपनि ठ्याक्कै दिन भने फिक्स भएको छैन ।
यदि सोही समयमा सचिन आएमा उनले नेपाली क्रिकेट खेलाडीसँग भेटघाट गर्ने बाताबरण मिल्ने छैन र सन्दिप लामिछाने र पारस खड्का पनि सोही समयमा युएईमा आयोजना हुने टि- १० क्रिकेट लिगमा सहभागी जनाउँने हुदा सचिन र राष्ट्रिय टिमका धेरै खेलाडीसँग भेट नहुने पक्का छ ।
छोटो समयका लागि आउन लागेको सचिनले सायद क्रिकेट सम्बधितसँग भेटघाट नगर्न पनि सक्ने संभावना रहेको पनि भनिएको छ । तर नेपाल भ्रमणको पुर्ण तालिका नआउन्जेलाई संभावना मान्न सकिन्छ ।
विश्व क्रिकेटमा कयौं कीर्तिमान बनाएका सचिन यो कालको महान क्रिकेटर मध्यमा एक पर्छन ।