प्रथम श्रेणि क्रिकेट : एमसीसी बलियो स्थितिमा
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो तथा चर्चित क्रिकेट क्लब मेरिलेवन क्रिकेट क्लब (एमसीसी) र नेपालको प्रथम श्रेणी क्रिकेट अन्तर्गत पहिलो दिनको खेल सकिएको छ ।
किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ट्स जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गर्दै एमसीसीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।
जसअनुसार पहिलो दिनको समाप्तिमा एमसीसीले ८७ ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको छ । खराब प्रकाशका कारण पहिलो दिनको खेल केही ओभर अगाडीनै सकिएको हो ।
एमसीसीका लागि विल रोड्सले सर्बाधिक ठुलो योगदान गरे । दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका उनले ७३ रन बनाएका थिए ।
यस्तै माईल्स हामान्ड र विल भानडरसपारले पनि अर्धशतकिय पारी खेल्ने क्रममा क्रमश : ५२ र ५३ रनको योगदान गरेपछी टिमले यो स्कोरतर्फ पुग्न सफल भयो ।
यस्तै टम वेस्टलीले ३९ , एड योङले १७ रन र बिली गोडलम्यानले १० रन बनाए ।
यस्तै बलिङतर्फ नेपालका सन्दीप लामिछाने , सोमपाल कामी र शरद भेषावकरले समान २/२ विकेट हात पारे ।
यसअघि नेपालको राष्ट्रिय टोलीले सोमबार एमसीसीसँग एकदिवसिय खेल खेलेको थियो । उक्त खेलमा नेपाल ५ विकेटले विजयी हुन सफल हुँदा एमसीसीले भ्रमणको पहिलो खेलमा नेपाली यू–१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो ।
अब यो प्रथम श्रेणीको खेलपछि काठमाडौंमा एउटा् टि – ट्वान्टी खेल खेक्नेछ त्यसपछि टिम पोखरा लाग्नेछ र त्यहाँ स्थानिय टिमसँग दुई टि – ट्वान्टी खेल खेल्नेछ ।