नेपाललाई अर्को सफलता : शरदले लिए तेस्रो विकेट
काठमाडौं ( अनलाइन खेलखबर ) एमसीसीबिरुद्ध प्रथम श्रेणी क्रिकेटमा नेपालका शरद भेषावकरले तेस्रो विकेट हात पारेका छ्न । उनले टम विस्ट्लिलाई ३३ रनमा आउट पभेलियनको बाटो देखाई दिएका छ्न ।
यसअघि राम्रो ब्याटिङ गरिरहेका एमसीसीका विल रोर्डसलेलाई सोमपाल कामिले दोस्रो विकेटका रुपमा पभेलियनको बाटो देखाई दिएका थिए । उनले ७३ रनको योगदान गरे ।
भने सोमपालले नै पहिलो विकेटका रुपमा बिल्ली गोडलमनलाई ईनिङको ८.१ ओभरमा १० रन बनाएको अवस्थामा आउट गराएका थिए ।
किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको एमसीसीले अहिले सम्म ४२ ओभरमा मात्र ३ विकेट क्षतिमा १ सय ५१ रन बनाईसकेको छ ।