
सोमपालले नेपाललाई दिलाए दोस्रो सफलता
काठमाडौं ( अनलाइन खेलखबर ) एमसीसीबिरुद्ध प्रथम श्रेणी क्रिकेटमा नेपालका सोमपाल कामीले दोस्रो विकेट हात पारेका छ्न । उनको यो ब्यक्तिगत पनि दोस्रो विकेट समेत हो ।
राम्रो ब्याटिङ गरिरहेका एमसीसीका विल रोर्डसलेलाई उनले दोस्रो विकेटका रुपमा पभेलियनको बाटो देखाई दिएका हुन । उनले ७३ रनको योगदान गरे ।
यसअघि उनले पहिलो विकेटका रुपमा बिल्ली गोडलमनलाई ईनिङको ८.१ ओभरमा १० रन बनाएको अवस्थामा आउट गरेका थिए ।
किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको एमसीसीले अहिले सम्म राम्रो सुरुवात गर्ने क्रममा ३६ ओभरमा मात्र २ विकेट क्षतिमा १ सय २५ रन बनाईसकेको छ ।