onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एमसीसीको राम्रो सुरुवात

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो तथा चर्चित क्रिकेट क्लब मेरिलेवन क्रिकेट क्लब (एमसीसी) सँग नेपालले अहिले प्रथम श्रेणी क्रिकेट खेलिरहेको छ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको एमसीसीले लन्च ब्रेकभित्र राम्रो सुरुवात गर्ने क्रममा २८ ओभर भित्र मात्र १ विकेट गुमाएर ८४ रन बनाईसकेको छ ।

पहिलो विकेटको रुपमा पभेलियन फर्किएका बिल्ली गोडलमनले ईनिङको ८.१ ओभरमा १० रन बनाएर आउट हुन पुगेका थिए । उनलाई सोमपाल कामीले पभेलियनको बाटो देखाईदिएका थिए ।

अहिले मैदानमा विल रोर्डसले ४४ रन र टोम विस्टलीले २५ रन बनाएर खेलिरहेका छ्न ।

प्रतिक्रिया दिनुहोस्