१४ बर्षपछि प्रथम श्रेणिमा फर्किदै नेपाल …

१४ बर्षपछि प्रथम श्रेणिमा फर्किदै नेपाल …

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा रहेको विश्वको सबैभन्दा पुरानो तथा चर्चित क्रिकेट क्लब मेरिलेवन क्रिकेट क्लब (एमसीसी) सँग नेपालले आज प्रथम श्रेणी क्रिकेट खेल्दैछ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजबाट सुरु हुने प्रथम श्रेणीको क्रिकेट शुक्रबारसम्म चल्नेछ । जसका लागि दुबै टिम तयार छ्न ।

प्रथम श्रेणीमा नेपाल घरेलु मैदानमा १४ बर्षपछि फर्किदै छ । सन् २००५ मा त्रिवि मैदानमा युएईसँग खेलेपछी नेपालले बल्ल सेतो जर्सी र रातो बलमा खेल्दैछ ।

जसका लागि टिमका अधिकाम्स सबैलाई नयाँ अनुभव रहने छ । प्रथम श्रेणी नेपाली खेलाडीका लागि पक्कै नौलो हुनेछ र यसलाई कसरी लिने छ्न त्यो हेर्न लायक पक्कै हुनेछ ।

नेपालको राष्ट्रिय टोलीले यसअघि सोमबार एमसीसीसँग एकदिवसिय खेल खेलेको थियो । उक्त खेलमा नेपाल ५ विकेटले विजयी हुन सफल हुँदा एमसीसीले भ्रमणको पहिलो खेलमा नेपाली यू–१९ टोलीलाई ३८ रनले पराजित गरेको थियो ।

अब यो प्रथम श्रेणीको खेलपछि काठमाडौंमा एउटा् टि – ट्वान्टी खेल खेक्नेछ त्यसपछि टिम पोखरा लाग्नेछ र त्यहाँ स्थानिय टिमसँग दुई टि – ट्वान्टी खेल खेल्नेछ ।

पहिलो श्रेणीका लागि नेपाली टिम

ज्ञानेन्द्र मल्ल , आरिफ शेख , वसन्त रेग्मी , बिनोद भण्डारी , दिपेन्द्र सिँह एरि , जितेन्द्र मुखिया , करन केसि , ललित राजबम्शी , पवन सरार्फ , राजु रिजाल , रोहित पौडेल , सन्दिप लामिछाने , शरद भेषावकर र सोमपाल कामी

एमसीसीको टिम

जिमी एडम्स, यासिर अराफात, बिली गोडलमान, मिल्स हामान्ड, ओलिभर हनन्न डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमसन, विल वान्डर्सपार, इड योंग, टम वेस्टली, क्रिस राइट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *