onlinekhelkhabar.com

Complete website for Nepali Sports News

पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगिता मंसिर ११ गतेबाट सुरु हुने

काठमाडौं ( अनलाइन खेलखबर ) | मंसिर ११ देखि १४ गतेसम्म सिन्धुपाल्चोक जिल्लास्थित पाँच पोखरीमा पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगिता हुने भएको छ ।

पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर ६ धापमा जन्मिनु भएको पारा ओलम्पिक खेलाडी स्व .जित बहादुर खड्काको स्मृतिमा यो प्रतियोगिता गरिदै आएको छ ।

अघिल्लो दुई संस्करणलाई सफलताका साथ सम्पन्न गरेको आयोजक पाँचपोखरी क्रिकेट क्लब यसपटक तेस्रो संस्करणका लागि पनि आफ्नो आन्तरिक तयारीमा जुटिरहेको छ ।

देशको झन्डालाई छातीमा राखेर विभिन्न देशमा नेपालको नाम उच्च राख्न अतुलनीय योगदान पुर्याएका स्व. खेलाडी जितबहादुरको नाम जिवितै रहोस गुमनाश नहोस भन्ने हेतुका साथ यो प्रतियोगिता गरिदै आएको क्लबका संस्थापक अध्यक्ष बिजय कुमार धितालले अनलाइन खेलखबरलाई जानकारी गराए ।

फाईल फोटो ।

पछिल्ला दुई बर्ष लगातार आयोजना हुँदै आएको यस प्रतियोगिता आगामि बर्षहरुमा पनि निरन्तर गरिने पनि धितालले बाचा समेत गरेका छ्न ।

२०७२ सालमा गएको महा- भुकम्पको दौरान आफ्नो ज्यान गुमाएका स्व. खेलाडी जितबहादुर खड्काको स्मृतिमा भईरहेको यो प्रतियोगितालाई सफल पार्न सिन्धुपाल्चोकका क्रिकेट अभियन्ताहरु अजय कुमार धिताल, उत्सब धिताल , बिजय खत्री , राजन धिताल, अजय खत्री लगायतको उल्लेख्य भूमिका रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *