पारस र सन्दिपले टि -१० लिग चुने
काठमाडौं ( अनलाइन खेलखबर ) || आउँदो नोभेम्बर १४ देखि २३ तारिखसम्म बंगलादेशमा हुन गईरहेको ईमर्जिङ एसिया कपमा नेपालका अनुभवी दुई खेलाडी पारस खड्का र सन्दिप लामिछाने नखेक्ने भएका छ्न ।
ईमर्जिङ एसिया कपका दौरान युएईमा १५ देखी २४ नोभेम्बरमा युएईमा हुँने टि – १० लिगमा नेपालका पारस र सन्दिप पनि अनुबन्धित रहेका हुँदा यी दुई खेलाडीले टि -१० लाई चुनेका हुन ।
पहिलो पटक टि -१० खेल्न लागेका पारसलाई टिम अबुधाविले १० हजार अमेरिकन डलरमा अनुबन्धित गरेको छ ।
यस्तै सन्दिपलाई कर्नाटक टस्कर्सले ४५ हजार अमेरिकन डलरमा अनुबन्धित गरेको छ ।
अघिल्लो संस्करणमा भने सन्दिप केरला नाइट्ससगँ ३० हजार डलरमा अनुबन्धित भएका थिए ।
पहिलो र दोस्रो संस्करण भब्यताका साथ सम्पन्न गरेको आयोजकले तेस्रो संस्करण सम्म आईपुग्दा धेरै नै उत्साहित भएको छ । टि -ट्वान्टीले लोकप्रियता पाउँदै गर्दा टि -१० लिगले पछिल्लो समय धेरै नै सफल नयाँ स्वाद क्रीकेट समर्थक लाई दिएको छ ।