onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एमसीसीमाथि नेपालको सहज जित

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालले नेपाल भ्रमणमा आएको ईङल्याण्डको पुरानो तथा चर्चित क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) लाई ५ विकेटले पराजित गर्न सफल भएको छ ।

खेलमा एमसीसीले दिएको २ सय २ रनको विजयी लक्ष्यलाई नेपालले ३७.३ ओभरमा मात्र ५ विकेट गुमाएर भेटायो ।

मध्यम लक्ष्य पछ्याएको भएपनी नेपालको सुरुवात भने सुखद भने हुन सकेन । टिमले आफ्नो स्कोर १८ रन हुँदा दुई ओपनर ब्याट्सम्यानलाई सस्तैमा गुमायो ।

पहिलो विकेटका रुपमा पहिलो ओभरको दोस्रो बलमा पभेलियन फर्किएका ईशान पाण्डेले प ४ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १० रनको पारी खेले ।

त्यसपछि भने शरद भेषावकर र दिपेन्द्र सिँह एरिले ईनिङलाई सम्हाल्ने क्रममा ६१ रनको साझेदारी गरेपछि टिम केही सहज स्थितिमा पुगेको थियो ।

शरद भेषावकरले २४ तथा दीपेन्द्र सिँह एरिले २३ रनको पारी खेल्दा मोहम्मद आरिफ शेख पनि २३ रनको योगदान गरेका थिए ।

अन्त्यतिर अबिजित रह्दै विनोद भण्डारी र पवन सरार्फले क्रमश : ५२ र ३८ रन बनाएपछी टिमले एमसीसीमाथि सहज जित्न हासिल गरेको हो ।

त्यसअघि किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको एमसीसी ३९.२ ओभरमा अलआउट हुँदै २ सय १ रनमा सिमित हुन पुगेको थियो ।

एमसीसीका लागि दुई ब्याट्सम्यानले अर्धशतक पूरा गरेका थिए । जसमा विल्ली गोडलम्यानले ५२ रन र विल रोर्डस ५४ रनको पारी खेलेका थिए ।

यस्तै विल भेन्डेस्पर ३६ रन र टोम विस्लीले १० रन बनाएका थिए ।

बलिङतर्फ नेपालका पवन र ललित राजबंशीले समान ४/४ विकेट हात पारे । भने अभिनास बोहरा र करन केसिले पनि १/१ विकेट हात पारेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *