onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एमसीसीविरुद्ध नेपालले पहिले बलिङ गर्ने : पारस र सन्दिप आजको खेल नखेक्ने

काठमाडौं ( अनलाइन खेलखवर ) । नेपाल भ्रमणमा रहेको ईङल्याण्डको पुरानो तथा चर्चित क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब ( एमसीसी)ले आज दोस्रो खेल अन्तर्गत अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमको सामना गर्ने क्रममा रहेको छ ।

भर्खरै किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको ट्समा एमसीसीले ट्स जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

र आज हुने खेलमा नेपालका अनुभवी दुई खेलाडीले पारस खड्का र सन्दिप नखेक्ने भएका छ्न ।

पहिलो खेलमा नेपाली यु -१९ लाई झिनो अन्तरले पराजित गरेको एमसीसी आज पनि जितको खोजिमा हुनेछ । तर यहाँ एमसीसीलाई भन्दा पनि नेपाली टिमलाई धेरै दबाब रहने छ ।
युवा टिमले गरेको प्रदर्शनका हिसाबले आज सिनियर टिमले अझ राम्रो गर्नु पर्ने आबस्यक देखिन्छ ।

घरेलु दर्शकहरुले राम्रो साथ दिईरहेका बेला नेपाली टिमले आज एकदिवसीय खेलमा एमसीसीमाथि स्पष्ट जित निकाल्न आबस्यक रहेको छ ।

नेपालको अन्तिम ११ यस्तो छ !

ज्ञानेन्द्र मल्ल (कप्तान), ईशान पाण्डे, शरद भेषावकर, दीपेन्द्रसिँह ऐरी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, पवन सर्राफ, करन केसी, ललित नारायण राजवंशी, विक्रम सोब र अभिनाश बोहोरा

एमसीसीको टिम

जिमी एडम्स, यासिर अराफात, बिली गोडलमान, मिल्स हामान्ड, ओलिभर हनन्न डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमसन, विल वान्डर्सपार, इड योंग, टम वेस्टली, क्रिस राइट ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *