onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रिचा मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधिका लागि रोयल राईनोज र सगरमाथा भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | अष्ट्रेलियामा जारी रिचा मेमोरियल क्रिकेट प्रतियोगिताको फाइनलमा रोयल राईनोज क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब भिड्ने भएका छ्न ।

आईतबार भएको प्रतियोगिताको सेमिफाइनल खेलमा नारे किग्सलाई ५ विकेटले पराजित गर्दै रोयल राईनोज प्रतियोगिताको फाइनल प्रबेश गर्दा सगरमाथाले हिमालयन क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै फाइनल पुगेको हो ।

सेमिफाइनलमा नारे किग्सलाई पराजित गर्ने क्रममा रोयल राईनोजले खेलमा नारेले दिएको १ सय ३९ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको रोयल राईनोजले उक्त लक्ष्यलाई १८.५ ओभरमा मात्र ५ विकेट गुमाएर भेटायो ।

रोयल राईनोजलाई फाइनल पुर्याउनका लागि मोहनले अर्धशतकिय पारी खेले जसमा ३ चौका र ३ छक्काको मद्दतमा ५६ रनको योगदान गरेका थिए ।

यस्तै टिमका लागि चन्दले ४२ तथा सन्जोगले १२ रनको योगदान गरे ।

बलिङतर्फ नारेका किशनले २ तथा किशोरले १ विकेट हात पारे ।

त्यसअघि खेलमा ट्स जितेर सुरुमा ब्याटिङ गरेको नारे किग्सले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो ।

टिमलाई मध्यम लक्ष्यसम्म पुर्याउन आकाशले सर्बाधिक ३९ तथा अनुपले २३ र किरनले २० रनको योगदान गरे ।

बलिङमा रोयल राईनोजका निरजले २ तथा वर्मा, निराजन र उत्सवले समान १ /१ विकेट हात पारेका थिए ।

यस्तै अर्को सेमिफाइनल खेलमा हिमालयन क्रिकेट क्लबलाई पराजित गर्ने हिमालयनले दिएको १ सय २६ रनको विजयी चुनौतीलाई सगरमाथाले ६ विकेट गुमाएर भेटाएको थियो।

सगरमाथालाई फाइनल पुर्याउनका लागि बिकेशले ४३ रनको योगदान गर्दा राजकुमारले २७ र दिपकले १३ रन बनाएका थिए ।

बलिङतर्फ हिमालयनका किरनले २ तथा रोशन र सरोजले समान १/१ विकेट लिएका थिए।

त्यसअघि खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।

हिमालयनका लागि तनमले ३६ तथा सन्दिपले ३१ र सुनिलले २० रनको योगदान गरेका थिए ।

बलिङतर्फ सगरमाथाका लागि अभिनासले ३ तथा सुनिल र राजकुमारले समान १/१ विकेट हात पारे ।

अब प्रतियोगिताको फाइनल नोभेम्बर १७ तारिखमा हुनेछ ।

यो प्रतियोगिता नेपाल क्रिकेट संघ ( क्यान )का पुर्व उपाध्यक्ष नरेश श्रेष्ठ तथा पुर्व राष्ट्रिय क्रिकेट खेलाडी युनिस श्रेष्ठ र राष्ट्रिय खेलाडी नेपाल पुलिसका कप्तान मन्जित श्रेष्ठको बहिनी तथा भिक्टोरियन नेप्लिस क्रिकेट संघका अध्यक्ष बिबेक श्रेष्ठका पत्नी रिचा श्रेष्ठको स्मृतिमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्