एमसीसीको  विजयी सुरुवात : नेपाली युवा टोलीको तारिफयोग्य प्रदर्शन

एमसीसीको विजयी सुरुवात : नेपाली युवा टोलीको तारिफयोग्य प्रदर्शन

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा आएको ईङल्याण्डको पुरानो तथा चर्चित क्रिकेट क्लब मेरिलेवोन क्रिकेट क्लब ( एमसीसी ) विजयी सुरुवात गरेको छ ।

खेलमा एमसीसीले दिएको ३ सय ३५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपाली यु -१९ टिमले ५० ओभरमा पुरै ९ विकेट गुमाएर २ सय ९६ रनमा सिमित हुन पुगेपछी नेपाली टोली ३८ रनले पराजित हुन पुग्यो ।

नेपालका लागि हरि बहादुर चौहानले अर्धशतकिय पारी खेल्ने क्रममा ५२ रनको योगदान गरे । भने रित गौतमले ४५ तथा खडक बहादुर बोहराले २६ रनको योगदान गर्दा
लोकेश बमले १८ र विशाल बिक्रम केसिले १३ रन बनाएका थिए ।

र खेलमा अन्त्यतिर आकाश चन्दले ३० तथा शेर मल्लले अबिजित रह्दै २८ रनको योगदान गरे ।

त्यसअघि किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली नेपालले पहिले ट्स जितेर पाहुना टोली एमसीसीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

जसअन्तर्गत सुरुमा ब्याटिङ गरेको एमसीसीले निर्धारित ५० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा ३ सय ३४ रन बनाएको थियो ।

एमसीसीका लागि विल रोड्सले सर्बाधिक ९३ तथा टोम वेस्टली र माइल्स होमाल्डले समान ६५/ ६५ रनको योगदान गरे ।

यस्तै टिमका लागि विल्ली गोडलेमनले २२ रन जोडदा विल भन्डेरेस्परले पनि २४ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि सागर ढकाल र शेर मल्लले समान २/२ विकेट हात पारे । त्यस्तै कुशल मल्ल, हरी चौहान र आकाश चन्दले पनि समान १/१ विकेट चट्काएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *