onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एमसीसीद्वारा नेपाली युवा टोलीलाई विशाल चुनौती प्रस्तुत

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाल भ्रमणमा आएको ईङल्याण्डको पुरानो तथा चर्चित क्रिकेट क्लब मेरिलेवोन क्रिकेट क्लब ( एमसीसी ) ले आफ्नो पहिलो खेलमा अहिले नेपाली यु – १९ टिमको सामना गरिरहेको छ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा घरेलु टोली नेपालले पहिले ट्स जितेर पाहुना टोली एमसीसीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

जसअन्तर्गत सुरुमा ब्याटिङ गरेको एमसीसीले निर्धारित ५० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा ३ सय ३४ रन बनाएको थियो ।

एमसीसीका लागि विल रोड्सले सर्बाधिक ९३ तथा टोम वेस्टली र माइल्स होमाल्डले समान ६५/ ६५ रनको योगदान गरे ।

यस्तै टिमका लागि विल्ली गोडलेमनले २२ रन जोडदा विल भन्डेरेस्परले पनि २४ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका लागि सागर ढकाल र शेर मल्लले समान २/२ विकेट हात पारे । त्यस्तै कुशल मल्ल, हरी चौहान र आकाश चन्दले पनि समान १/१ विकेट चट्काए ।

अब एमसीसीले दिएको ३ सय ३५ रनको विजयी चुनौती पछ्याउँदै नेपालले अबको केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्