onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एमसीसी आज नेपाल आउँदै

काठमाडौं ( अनलाइन खेलखबर ) – ईङल्याण्डको चर्चित तथा सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) आज नेपाल आउँदै छ ।

फाईल फोटो ।।

नेपालमा रहेर एमसीसीले नेपालका विभिन्न टिमहरुसँग मैत्रीपूर्ण खेल खेक्ने कार्यक्रम रहेको छ । जसका लागि एमसीसी नेपाल आउँन लागेको हो ।

टोली बिहान साढे १० बजेसम्ममा नेपाल आईपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्यबस्थापक सुमनराज कार्कीले जानकारी गराएका छ्न ।

एमसीसीले काठमाडौं र पोखरामा खेलहरु खेल्नेछ । खेलतालिका अनुसार भ्रमणको सुरुवात एमसीसीले नेपाली यू–१९ टिमसँग एकदिवसीय खेल खेल्दै गर्नेछ ।

त्यसपछि एमसीसीले नेपाली राष्ट्रिय टिमसँग एक दिवसीय र तीन दिवसीय फस्ट क्लास क्रिकेट खेल्ने कार्यतालिका रहेको छ ।

भने काठमाडौं किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमानै एमसीसी र नेपालको राष्ट्रिय टिमबीच एक टी–ट्वान्टी खेल खेल्नेछ ।

त्यसपछि एमसीसी पोखरा जाने छ जहाँ पोखरामा दुई टि – ट्वान्टी खेल खेक्नेछ ।

टियुमा हुने खेल तालिका

कार्तिक १७ : एमसीसीविरुद्ध नेपाल यू-१९ (५० ओभर)
कार्तिक १८ : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (५० ओभर )
कार्तिक २० गते देखि २२ सम्म : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसिय)
कार्तिक २३ : एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू-१९ टिम (टी-ट्वान्टी)

पोखरामा हुने खेल

कार्तिक २५ : एमसीसीविरुद्ध पोखरा आमन्त्रण-११ (२० ओभर)
कार्तिक २६ : एमसीसीविरुद्ध मुख्य मन्त्री -११ (२० ओभर )

टि – ट्वान्टीका लागि नेपाली टिम

ज्ञानेन्द्र मल्ल ( कप्तान ) मोहम्मद आरिफ शेख,अमित श्रेष्ठ , अभिनास बोहरा , बिनोद भण्डारी , दिपेन्द्र सिँह एरि , करन केसि , कुशल भुर्तेल , ललित राजबम्शी , नन्दन यादब , पवन सरार्फ , सन्दिप जोरा , सन्दिप लामिछाने , सोमपाल कामी र सुशन भारी

एकदिवसियका लागि नेपाली टिम

ज्ञानेन्द्र मल्ल ( कप्तान ) आरिफ शेख , वसन्त रेग्मी , बिक्रम शोब , बिनोद भण्डारी , दीपेन्द्र सिँह एरि , ईशान पाण्डे , करन केसि , ललित राजबम्शी , पारस खड्का , रोहित पौडेल , सन्दिप लामिछाने , शरद भेषावकर र सोमपाल कामी

पहिलो श्रेणीका लागि नेपाली टिम

ज्ञानेन्द्र मल्ल , आरिफ शेख , वसन्त रेग्मी , बिनोद भण्डारी , दिपेन्द्र सिँह एरि , जितेन्द्र मुखिया , करन केसि , ललित राजबम्शी , पवन सरार्फ , राजु रिजाल , रोहित पौडेल , सन्दिप लामिछाने , शरद भेषावकर र सोमपाल कामी

एमसीसीको टिम

जिमी एडम्स, यासिर अराफात, बिली गोडलमान, मिल्स हामान्ड, ओलिभर हनन्न डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमसन, विल वान्डर्सपार, इड योंग, टम वेस्टली, क्रिस राइट ।

प्रतिक्रिया दिनुहोस्