onlinekhelkhabar.com

Complete website for Nepali Sports News

टेस्ट राष्ट्र आयरल्याण्डलाई पराजित गर्दै नेदरल्याण्ड फाइनल प्रबेश

एजेन्सी | युएईमा जारी आईसीसी टि – ट्वान्टी विश्वकप छ्नोट अन्तर्गतको अन्तिम चरणमा रहेको ग्लोबल क्वालिफायरमा टेस्ट राष्ट्र आयरल्याण्डलाई पराजित गर्दै नेदरल्याण्ड छ्नोट प्रतियोगिताको फाइनल प्रबेश गरेको छ ।

शुक्रबार भएको प्रतियोगिताको पहिलो छनोट खेलमा नेदरल्याण्डले आयरल्याण्डलाई २१ रनले पराजित गरेको हो ।

खेलमा नेदरल्याण्डले प्रस्तुत गरेको १ सय ५९ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभर पुरै ब्याटिङ गरेपनी ९ विकेटको क्षतिमा १ सय ३७ रनमा सिमित हुन पुगेपछी नतिजा नेदरल्याण्डले आफ्नो पक्षमा पार्न सफल भयो ।

आयरल्याण्डका लागि पल स्टर्लिङले सर्बाधिक २९ रनको योगदान गर्दा जर्ज डोकरेलले २५ रन तथा केभिन ओ ब्रायनले २२ रनको योगदान गरेपनी अन्य ब्याट्सम्यानबाट सन्तोसजनक प्रदर्शन गर्न नसक्दा टिम पराजित हुन पुग्यो ।

बलिङतर्फ नेदरल्याण्डका कप्तान पिटरले ३ तथा फर्द क्वालासेन र रोलेफ भान डर मर्वेले समान २/२ विकेट लिएका थिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेदरल्याण्डले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।

नेदरल्याण्डलाई ठूलो योगफलतर्फ पुर्याउन रायन टेनले सर्बाधिक ४३ रनको योगदान दिएका थिएका थिए भने बेन कपुरले ३७ रन तथा रोलेफ भान डर मर्वे र पीटार सेलारले क्रमश : २५ र २१ रनको पारी खेलेका थिए ।

बलिङतर्फ आयरल्याण्डका लागि क्रेग योंगले २ विकेट लिए भने बॉयड रैंकिन र गैरेथले समान १/१ विकेट लिएका थिए ।

अब प्रतियोगिताको फाइनल पुगेको नेदरल्याण्डले उपाधिको लागि पप्पुवा न्युगिनी र नामिबियाबीचको विजेतासँग शनिबार खेल्ने छ । यता प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल अहिले जारी रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *