प्रधानमन्त्री कप क्रीकेट आज बाट सुरु हुँदै : उद्धाटन खेल मा एपीएफ र प्रदेश ४ भिडने

प्रधानमन्त्री कप क्रीकेट आज बाट सुरु हुँदै : उद्धाटन खेल मा एपीएफ र प्रदेश ४ भिडने

जेठ १३ , अनलाईन खेलखवर || र्राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) र नेपालय ईभेन्ट कम्पनी को ब्यबस्थापन मा नेपाल को सबैभन्दा ठूलो एकदिवसिय क्रीकेट प्रतियोगिता को सुरुवात आज बाट हुदैछ । प्रतियोगिता का खेल हरु त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुर र निर्माणधिन मुलपानी क्रीकेट मैदान मा हुनेछ्न ।

यस्तै आजको उदघाटन खेलमा बिभागिय टोलि एपिएफ र प्रदेश नम्बर ४ किर्तिपुर मा भिडने छ्न भने अर्को दोस्रो खेल मुलपानी क्रीकेट मैदान मा प्रदेश नम्बर ६ र ७ भिड्ने छ्न ।

सनिवार नै ब्यबस्थापन को जिम्मा पाएको नेपालय ईभेन्ट कम्पनी ले प्रतियोगिता को तयारी सम्पुर्ण पूरा भएको जानकारि गराएको थियो ।

७ प्रदशिय टिम र ३ विभागीय टिम त्रिभुवन आर्मि कल्ब , नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी क्लब गरि कुल १० टिमको सहभागिता रहने छ प्रतियोगिता मा दुई टिम मा बिभाजन गरिएको छ । समूह “ए ” मा प्रदेश १ , प्रदेश २ , प्रदेश ४ , त्रिभुवन आर्मी र ससस्त्र प्रहरी ( एपिएफ ) क्लब र समूह “बि ” मा प्रदेश नम्बर ३, ५ , ६ , ७ र नेपाल पुलिस क्लब रहेका छ्न ।

करिब १ करोड ८० लाख जतिको लागत लाग्ने भनिएको प्रतियोगिता मा बिजेता टोलि ले २० लाख नगद सहित ट्र्फी पाउने छ्न भने उपबिजेता टोलि ले नगद १० लाख पाउने छ । यस्तै म्यान अफ द सिरिज ले १ लाख र उत्कृष्ट ब्याट्सम्यान र बलर ले जनही ५०/५० हजार पाउने छ्न । प्रतियोगिता जेठ २९ गते सम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *