श्रीलंकाविरुद्धको  टि – ट्वान्टी सिरिज अष्ट्रेलियाद्वारा  ‘क्लिन स्विप’

श्रीलंकाविरुद्धको टि – ट्वान्टी सिरिज अष्ट्रेलियाद्वारा ‘क्लिन स्विप’

एजेन्सी – श्रीलंकाबिरुद्दको टि – ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा अष्ट्रेलियाले क्लिन स्विप’ गरेको छ ।

शुक्रबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा पनि अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेसँगै ३ खेलको टि – ट्वान्टी सिरिजमा सबै खेल जित्दै अष्ट्रेलियाले सिरिज आफ्नो नाममा लेखाउन सफल भएको छ ।

खेलमा श्रीलंकाले दिएको १ सय ४३ रनको विजयी चुनौतीलाई अष्ट्रेलियाले १७.४ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेटाएको थियो ।

अष्ट्रेलियालाई सिरिजमा क्लिन स्विप’ गराउने क्रममा आजको खेलमा कप्तान आरोन फिन्च र डेविट वार्नरको ओपनिङ जोडीले राम्रो सुरुवात दिलाउँने क्रममा ६९ रनको ओपनिङ साझेदारी हुन पुगेको थियो ।

पहिलो विकेटका रुपमा पभेलियन फर्किएका आरोन ८.५ ओभरमा ब्यक्तिगत ३७ रनमा आउट हुन पुगे ।

२५ बलको सामना गरेका उनले एक चौका र ३ छ्क्का समेत प्रहार गरे । यस्तै डेविट वार्नरले भने टिमको तर्फबाट सर्बाधिक ठुलो पारी खेल्ने क्रममा अबिजित रह्दै ५७ रनको योगदान गरे ।

यस्तै स्टीवन स्मिथले १३ रन र एश्टन टर्नरले पनि अबिजित रहदै २२ रन जोडे ।

बलिङतर्फ श्रीलंकाका लसिथ मलिंगा ,लहिरु कुमारा र नुवान प्रदीपले समान १/१ विकेट हात पारे ।

त्यसअघि मेलवर्न क्रिकेट मैदानमा भएको खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको श्रीलंका निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो ।

श्रीलंकालाई सम्मानजनक स्कोरतर्फ पुर्याउन कुशल परेराको अर्धशतकिय पारीले महत्वपूर्ण भूमिका खेल्यो । उनले ईनिङको सर्बाधिक धेरै रन बनाउने क्रममा ४५ बलको सामना गर्दै ४ चौका र १ छ्क्काको मद्द्तमा ५७ रनको योगदान गरेका थिए ।

यस्तै अविष्का फर्नांडोले पनि २० रनको योगदान गरेका थिए ।

बलिङतर्फ अष्ट्रेलियाका लागि मिशेल स्टार्क ,केन रिचर्डसन र पैट कमिंसले समान २/२ विकेट हात पारेका थिए ।

यो खेल अघि सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १३४ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ९ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *