
युएईले छोडेपछी नेपाललाई मौका ! अब नेपालले इमर्जिङ टिम एसिया कप खेल्ने
काठमाडौं ( अनलाइन खेलखबर ) || आउँदो नोभेम्बर १४ देखि २३ तारिखसम्म बंगलादेशमा हुन गईरहेको ईमर्जिङ एसिया कपमा नेपालले पनि खेक्ने भएको छ ।
एसियन क्रिकेट काउन्सिल ( एसिसी ) का अनुसार युएईले अन्तिम समयमा आएर नखेल्ने भएपछि त्यसको ठाउँमा नेपाललाई मौका दिएको एसिसीले जानकारी गराएको छ ।
यस्तै प्रतियोगिताको सार्वजनिक खेल तालिका अनुसार नेपाल समूह` बि´ मा रहेको छ । जसमा नेपालसहित भारत , हङकङ र आयोजक बंगलादेश रहेको छ ।
भने अर्को समूह` ए ´ मा श्रीलंका , अफगानिस्तान , पाकिस्तान र ओमान रहेका छ्न ।
समूह चरणबाट शिर्ष दुई टिम सेमिफाइनल पुग्नेछ्न ।
नेपालले प्रतियोगिताको सुरुवात नोभेम्बर १४ मा भारतबिरुद्द खेल्दै गर्नेछ भने दोस्रो खेलमा नेपालले नोभेम्बर १६ मा हङकङसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा नोभेम्बर १८ मा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ ।