onlinekhelkhabar.com

Complete website for Nepali Sports News

क्रिकेटका लागि धेरै ठाउँ पुग्ने खेलाडीमध्यमा सन्दिप शीर्षस्थानमा

काठमाडौं ( अनलाइन खेलखबर ) नेपालका युवा स्टार क्रिकेटर सन्दिप लामिछाने टि – ट्वान्टी क्रिकेट खेल्नका लागि बढी देशको भ्रमण गर्ने खेलाडीको सूचीमा शिर्षस्थानमा पर्न सफल भएका छ्न ।

विश्व क्रिकेटमा आफ्नो छुट्टै र विश्वसनीय छाप बनाईसकेको चर्चित क्रिकेट म्यागेजिन ‘क्रिकेट मन्थ्ली’ को नयाँ सर्वेक्षण अनुसार नेपालका सन्दिप लामिछाने बढी देशको भ्रमण गर्ने क्रिकेटर बन्न सफल भएका हुन ।

यो सूचीमा उनिसँगै अफगानिस्तानका नाजिबुल्लाह जार्डन पनि शीर्षस्थानमा रहन सफल भएका छ्न ।

म्यागेजिनका अनुसार अक्टोबर २०१८ देखि सेप्टेम्बर २०१९ सम्मको अवधिमा सन्दीपले कुल ८ देशको भ्रमण गरेको उल्लेख छ जसमा उनको उपलब्धि सबैले देखिसकेका पनि छ्न ।

यसबीचमा सन्दिपले ठुला र चर्चित सबै खाले क्रिकेट खेलिसकेका छ्न । जसमा भारतको ब्याबसाहिक तथा विश्वको ठूलो ईन्डियन प्रिमियर लिग ( आईपिएल ) देखि अस्ट्रेलियाको बिग बास, वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग ( सिपिएल ) , बंगलादेशको बिपिएल, पाकिस्तानको पाकिस्तान सुपर लिग , अफगानिस्तान प्रिमियर लिग , क्यानडाको ग्लोबल टि –ट्वान्टी र युएईको टी–१० लिगमा आफ्नो प्रभाव छोडिसकेका छ्न ।

यस्तै उक्त म्यागेजिनमा सन्दीप टि – ट्वान्टीमा सबैभन्दा बढी बल बलिङ गर्नेमा दोस्रो स्थानमा पर्न सफल भएका छ्न । सन्दीपले ‍९८५ बल बलिङ गरेका छन् भने पहिलो स्थानमा रहेका अफगानिस्तानका रासिद खानले १३५५ बल बलिङ गरेका छ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *