onlinekhelkhabar.com

Complete website for Nepali Sports News

रियल मड्रिडको फराकिलो जित

एजेन्सी । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लेगानेसलाई ५-० गोल अन्तरले गर्न सफल भएको छ ।

गएराती रियलको घरेलु मैदानमा भएको खेलमा एकतर्फी बनेको खेलमा रियलका लागि रोड्रीगो ,टोनी क्रोस , सर्जियो रामोस , करीम बेंजेमा र लुका जोकोविकले गरेका थिए ।

खेलमा रियल रोड्रीगोको गोलमार्फत खेलको सातौ मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता बनाएको थियो ।

पहिलो गोलपछि अर्को मिनेटमा टोनी क्रोसले दोस्रो गरे भने खेलको २४ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत टिमका लागि तेस्रो गोल गरेका थिए ।

पहिलो हाफमा ३-० ले अगाडी रहेको रियलले दोस्रो हाफमा पनि दुई गोल थप्ने क्रममा करीम बेंजेमाले ६९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा खेलको अन्त्यतिर लुका जोकोविकले गोल गरेपछी रियलले खेल फराकिलो अन्तरले आफ्नो पक्षमा पार्न सफल भयो ।

यो जितसँगै रियल १० खेलबाट ६ खेलमा जित , ३ खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै २१ अंकका साथ रियल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।पहिलोस्थानमा भने बार्सीलोना यथावत रहेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *