onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ओमान लगातार दोस्रोपटक विश्वकपमा छ्नोट

एजेन्सी | अर्को बर्ष अष्ट्रेलियामा हुने आईसीसी टि -ट्वान्टी विश्वकपमा ओमान छ्नोट भएको छ ।

मंगलबार राती युएईमा जारी ग्लोबल क्वालिफायरको चौथो प्ले अफमा हङकङलाई रोमाञ्चक बनेको खेलमा १२ रनले पराजित गरेसँगै ओमानले लगातार दोस्रोपटक विश्वकपको टिकट पक्का गरेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा ओमानले ट्स जितेर सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो ।

त्यसपछि ओमानले दिएको चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ हङकङले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १ सय २२ रनमा सिमित हुन पुगेपछी ओमानले खेल आफ्नो पक्षमा पार्दै बिश्वकपमा छ्नोट हुन सफल भएको हो । भने पराजित हङकङ विश्वकपमा छ्नोट हुन सफल भएको छ ।

र ओमानसँगै अष्ट्रेलिया विश्वकपका लागि ६ टिमको टुङ्गो लागेको छ । जसमा पप्पुवा न्युगिनी , आयरल्याण्ड , नेदरल्याण्ड , नामिबिया र स्कटल्याण्ड छ्नोट भएका छ्न ।

यता ओमान अघिल्लो भारतमा भएको छ्ठौं सस्करणमा पनि सहभागिता जनाएको थियो । जहाँ ओमानले ३ खेल खेल्दा आयरल्याण्डलाई २ विकेटले पराजित गर्दा नेदरल्याण्डसँगको दोस्रो खेल भने बर्षाले गर्दा हुन नसक्दा अंक बाड्न बाध्य भएका थिए भने तेस्रो खेलमा भने ओमान टेस्ट राष्ट्र बंगलादेशसँग डिएल मेथडका आधारमा ५४ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्