onlinekhelkhabar.com

Complete website for Nepali Sports News

रितको कप्तानीमा नेपालको युवा टोलीको घोषणा

काठमाडौं ( अनलाइन खेलखबर ) | आउँदो कार्तिक २५ देखि मंसिर १ गतेसम्म भारतमा हुन गईरहेको च्यालेन्जर सिरिजका लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा आज गरिएको छ ।

आज घोषणा गरिएको १६ सदस्यीय टोलीको कप्तानिको जिम्मा रित गौतमलाई दिईएको छ ।

भारतको आधिकारिक यु – नाईन्टिन प्रतियोगिता रहेको यस प्रतियोगितामा भारत निलो , भारत रातो र भारत पहेलोसँगै नेपालले सामना गर्नेछ ।

प्रतियोगितामा लिग चरणमा एक आपससँग खेलेपछि शीर्ष दुई टोलीले फाइनलमा भिड्ने छ्न।

प्रतियोगितामा नेपालले कार्तिक २५ गते पहेंलो टिमसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ भने कार्तिक २७ गते रातो र २९ गते निलो टोलीसँग नेपालले प्रतिष्पर्दा गर्नेछ खेल्नेछ ।

नेपाल यू-१९ क्रिकेट टोली

रित गौतम (कप्तान)
लोकेश बहादुर बम
त्रिर्थराज दास
विशाल विक्रम केसी
खडक बहादुर बोहोरा
अभिषेक बस्नेत
हरिबहादुर चौहान
अरुण ऐरी
कुशल मल्ल
विवेक कुमार यादव
सूर्य तामाङ
तिलकराज भण्डारी
शेर मल्ल
आकाश चन्द
प्रतिस जिसी
गौतम केसी

वैकल्पिक खेलाडी:

दिपक बोहोरा
दुर्गेश गुप्ता
निखिल कुमार सिंह
सोनु देवकोटा

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *