नामिबियालाई ऐतिहासिक सफलता : विश्वकपमा पहिलोपटक छ्नोट
एजेन्सी | अर्को बर्ष अष्ट्रेलियामा हुने आईसीसी टि -ट्वान्टी विश्वकपमा नामिबिया पहिलो पटक छ्नोट हुन सफल भएको छ ।
मंगलबार राती युएईमा जारी ग्लोबल क्वालिफायरको दोस्रो प्ले अफमा ओमानलाई ५४ रनले पराजित गरेसँगै नामिबिया पहिलो पटक विश्वकपमा पुगेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नामिबियाले ट्स जितेर सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको थियो ।
त्यसपछि नामिबियाले दिएको चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको ओमान १९.१ ओभरमा अलआउट हुँदै १ सय ७ रनमा सिमित हुन पुगेपछी खेल नामिबियाले आफ्नो पक्षमा पार्दै पहिलो पटक बिश्वकपमा पुग्दै यो ऐतिहासिक सफलता हात पार्न सफल भएको हो ।
यता पराजित ओमानलाई अझै विश्वकपमा पुग्ने अर्को मौका रहेको छ अब ओमानले चौथो प्ले अफमा समूह ` बि ´ बाट चौथो स्थानमा रहेको हङकङसँग बुधबार प्रतिष्पर्दा गर्नेछ । यदि यो खेल जितेको खण्डमा बिश्वकपमा पुग्नेछ ।
योसँगै नामिबिया बिश्वकपमा छ्नोट हुने चौथो टिम बनेको छ । यसअघि समूह विजेताको हैसियतबाट पप्पुवा न्युगिनी र आयरल्याण्ड पुगिसकेका छ्न भने पहिलो प्लेअफमार्फत नेदरल्याण्डले पनि आफ्नो टिकट पक्का गरिसकेको छ ।