onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सकिब अल हसनलाई दुई वर्षकाे प्रतिबन्ध

एजेन्सी | बंगलादेशका चर्चित अलराउन्डर सकिब अल हसनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी )ले दुई बर्षको लागि प्रतिबन्ध लगाएको छ ।

उनलाई म्याच फिक्स गर्ने बुकीले सम्पर्क गरेको घटनालाई आईसीसीलाई जानकारी नगराएको आरोप रहेको थियो जुन सकिबले आफैले स्वकारेका थिए ।

जसलाई आईसीसीले आफ्नो २.४.४ धारालाई उल्लंघन गरेको भन्दै सकिबलाई प्रतिबन्ध लगाएको हो ।

यो किस्सा सन २०१८ मा श्रीलंका, जिम्बाब्वेबीचको त्रिकोणीय सीरीज तथा सन २०१८ को ईन्डियन प्रिमियर लिग (आईपीएल) को दौरान भएको थियो ।

यो आईसीसीको कदमले अहिले सबै खेलाडीलाई पाठ सिकाई रहेको बेला बंगलादेशमा भने समर्थकहरुबाट सकिबलाई समर्थन गर्दै बिरोधका स्वर उठन थालेको छ ।

सकिब बगंलादेशका यस्ता खेलाडी हुन जसले टिमका लागि ठूलो योगदान गर्दै आएका छ्न । आफ्नो ब्याट र बलबाट बिपक्षीको होस उडाउँने क्षमता राख्ने सकिबको योगदान टिमका लागि अतुलनीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्