नेदरल्याण्ड चौथो पटक विश्वकपमा
एजेन्सी | अर्को बर्ष अष्ट्रेलियामा हुने आईसीसी टि -ट्वान्टी विश्वकपमा नेदरल्याण्ड छ्नोट भएको छ ।
मंगलबार युएईमा जारी ग्लोबल क्वालिफायरमा पहिलो प्ले अफमा आयोजक युएईलाई शानदार ८ विकेटले पराजित गरेसँगै नेदरल्याण्डले विश्वकपको टिकट पक्का गरेको हो ।
खेलमा युएईले ट्स जितेर सुरुमा ब्याटिङ गर्दै ८० रन बनाएको थियो । त्यसपछि युएईले दिएको चुनौतीलाई नेदरल्याण्डले १५.१ ओभरमा मात्र २ विकेट गुमाएर भेटाएपछि नेदरल्याण्डले बिश्वकपमा छ्नोट हुन सफल भएको हो ।
यता पराजित युएईलाई अझै विश्वकपमा पुग्ने अर्को मौका रहेको छ अब युएईले तेस्रो प्ले अफमा समूह ` ए ´ बाट चौथो स्थानमा रहेको स्कटल्याण्डसँग प्रतिष्पर्दा गर्नेछ । जितेमा बिश्वकपमा पुग्नेछ ।
योसँगै नेदरल्याण्ड बिश्वकपमा छ्नोट हुने तेस्रो टिम बनेको छ । यसअघि समूह विजेताको हैसियतबाट पप्पुवा न्युगिनी र आयरल्याण्ड पुगिसकेका छ्न ।
यता नेदरल्याण्ड योसँगै चौथोपटक टि – ट्वान्टी विश्वकप खेल्दैछ । यसअघि नेदरल्याण्डले सन २००९ , २०१४ र २०१६ मा विश्वकपमा सहभागि जनाएको थियो ।