onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाल भ्रमणमा आउँन लागेको एमसीसीको तालिका सार्वजनिक

काठमाडौं ( अनलाइन खेलखबर ) । नेपाल भ्रमणमा आउँन लागेको ईङल्याण्डको क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेपालबीचको खेलतालिका सार्वजनिक भएको छ ।

फाईल फोटो ।।

जसअन्तर्गत एमसीसीले काठमाडौं र पोखरामा खेलहरु खेल्नेछ । खेलतालिका अनुसार भ्रमणको सुरुवात एमसीसीले नेपाली यू–१९ टिमसँग एकदिवसीय खेल खेल्दै गर्नेछ ।

त्यसपछि एमसीसीले नेपाली राष्ट्रिय टिमसँग एक दिवसीय र तीन दिवसीय फस्ट क्लास क्रिकेट खेल्ने कार्यतालिका रहेको छ ।

भने काठमाडौं किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमानै एमसीसी र नेपालको राष्ट्रिय मिश्रित टिमबीच एक टी–ट्वान्टी खेल खेल्नेछ ।

त्यसपछि एमसीसी जाने छ जहाँ पोखरामा दुई टि – ट्वान्टी खेल खेक्नेछ ।

टियुमा हुने खेल तालिका

कार्तिक १७ : एमसीसीविरुद्ध नेपाल यू-१९ (५० ओभर)
कार्तिक १८ : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (५० ओभर )

कार्तिक २० गते देखि २२ सम्म : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसिय)

कार्तिक २३ : एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू-१९ टिम (टी-ट्वान्टी)

पोखरामा हुने खेल

कार्तिक २५ : एमसीसीविरुद्ध पोखरा आमन्त्रण-११ (२० ओभर)
कार्तिक २६ : एमसीसीविरुद्ध मुख्य मन्त्री -११ (२० ओभर)

एमसीसीको टिम

जिमी एडम्स, यासिर अराफात, बिली गोडलमान, मिल्स हामान्ड, ओलिभर हनन्न डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमसन, विल वान्डर्सपार, इड योंग, टम वेस्टली, क्रिस राइट ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *