onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आयरल्याण्ड छ्ठौंपटक बिश्वकपमा पुग्न सफल

एजेन्सी | अर्को बर्ष अष्ट्रेलियामा हुने आईसीसी टि – ट्वान्टी विश्वकपमा टेष्ट राष्ट आयरल्याण्ड छ्नोट हुन सफल भएको छ ।

समूह“बि´´ को अंकतालिकामा पहिलो स्थान हासिल गरेपछी आयरल्याण्डले सिदै बिश्वकपमा छ्नोट भएको हो ।

समूह चरणको अन्तिम खेलमा युएईले क्यानडालाई १४ रनले हराएपछी बिश्वकप पुग्ने दोस्रो टिमको टुङ्गो लाग्दा बाकी दोस्रो , तेस्रो र चौथोस्थानमा रहने टिमलाई प्ले अफ समीकरण खुल्ला भएको छ ।

समुह ‘बी’ रहेको आयरल्याण्डले ओमान र यूएईलाई नेट रन रेटले पछि पार्दै विश्वकपमा पुगेको हो ।

ओमान र यूएईको समान ८ अंक भएपनि नेट रन रेटका आधारमा आयरल्यान्ड शीर्ष स्थानमा रहँदा आयरल्याण्डलाई त्यो विश्वकपमा पुग्न प्रयाप्त बन्यो ।

आयरल्याण्डले छ्नोट खेलमा शानदार सुरुवात गर्ने क्रममा पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने आयरल्याण्ड यूएईसँग ५ विकेटले निराश हुन पुग्दा तेस्रो खेलमा आयरल्याण्डले ओमानलाई ३५ रनले पराजित गरेको थियो भने चौथो खेलमा आयरल्याण्ड क्यानडासँग १० रनले पराजित हुँदा पाँचौ खेलमा जर्सीलाई ८ तथा नाजेरियालाई ८ विकेटले पराजित गरेको थियो ।

योसँगै बिश्वकपमा आयरल्याण्डले लगातार छ्ठौंपटक सहभागिता जनाउँदै छ । यसअघि अर्को समूहबाट शीर्षस्थानमा रह्दै पप्पुवा न्युगिनीपनि विश्वकपको टिकट पक्का गरिसकेको छ ।

अब विश्वकपका लागि बाकी ४ सिटमा ६ टिमको प्रतिष्पर्दा रहने जसको निर्धारण प्ले अफ खेलहरुले निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्