onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पप्पुवा न्युगिनीलाई ऐतिहासिक सफलता : विश्वकपमा पहिलोपटक छ्नोट

एजेन्सी | अर्को बर्ष अष्ट्रेलियामा हुने आईसीसी टि – ट्वान्टी बिश्वकपमा पप्पुवा न्युगिनी छ्नोट भएको छ ।

युएईमा जारी ग्लोबल क्वालिफायरमा समूह “ए ´´ को शिर्षस्थानमा रहदै पप्पुवा न्युगिनी पहिलो पटक बिश्वकपमा पुगेको हो ।

विश्वकपमा छ्नोट हुने क्रममा पपुवा न्युगिनीले छ्नोट प्रतियोगिताको दौरान ६ खेलमा पाँच खेलमा जित र एकमा पराजित हुँदै १० अंकका साथ अंकतालिकामा पहिलो स्थानमा रह्दै आगामि बिश्वकपको यात्रा पक्का गरेको हो ।

पप्पुवा न्युगिनीलाई विश्वकप पुर्याउन आज भएको महत्वपूर्ण खेलमा केन्यालाई ४५ रनले पराजित गर्दा पपुवा न्युगिनीलाई पछ्याईरहेको नेदरल्याण्डलाई नेट रनरेटमा पछि पार्दै पप्पुवा न्युगिनी विश्वकपमा पुग्न सफल भएको हो ।

यता आजनै भएको खेलमा नेदरल्याण्डले स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो ।

पपुवा न्युगिनीले छ्नोट खेल दौरान पहिलो खेलमा बर्मुडालाई १० विकेटले पराजित गर्दै छ्नोट प्रतियोगिताको शानदार सुरुवात गरेको थियो ।

त्यसपछि दोस्रो खेलमा नामिबियालाई ८१ रनले निराश बनाउँदा तेस्रो खेलमा भने पप्पुवा न्युगिनी स्वयम स्कटल्यान्डसँग ४ रनले निराश हुन पुगेको थियो भने चौथो खेलमा राम्रो पुनरागमन गर्दै बलियो नेदरल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्