रिचा स्मृति क्रिकेट प्रतियोगितामा गोर्खाली,आरआरसीसी ,सगरमाथा `ए´ र हिमालयन विजयी
काठमाडौं (अनलाइन खेलखबर ) | अष्ट्रेलियामा जारी रिचा स्मृति क्रिकेट प्रतियोगिताको तेस्रो आइतबार आज भएको खेलमा रोयल राइनोज क्रिकेट क्लब,सगरमाथा क्रिकेट क्लब`ए´,हिमालयन क्रिकेट क्लब र गोर्खाली क्रिकेट क्लब विजयी हुन सफल भएका छ्न ।
जसअन्तर्गत रोयल राइनोज क्रिकेट क्लब (आरआरसीसी) ले सगरमाथा क्रिकेट क्लब `बी ´ लाई ६० रनले पराजित गरेको थियो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रोयल राइनोज क्रिकेट क्लबले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ६९ रनको योगफल खडा गरेको थियो ।
रोयल राइनोज क्रिकेट क्लबकालागि निरज श्रेष्ठले सर्बाधीक ४७ रनको योगदान गर्दा उत्सवले ४४ रन तथा मोहनले ४२ रनको योगदान गरेका थिए ।
बलिङतर्फ सगरमाथाका भुषण श्रेष्ठ र आशिषले समान ३/३ विकेट हात पारेका थिए ।
त्यसपछि रोयल राइनोजले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको सगरमाथा `बी ´ निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ९ रनमा सिमित हुन पुगेपछी खेल राईनोजले आफ्नो पक्षमा पार्न सफल भयो ।
सगरमाथाका लागि आशिषले सर्बाधिक ५५ तथा नविनले १५ रनको पारी बाहेक अन्यबाट सन्तोषजनक ब्याटिङ हुन नसक्दा टिम पराजित हुन पुग्यो ।
बलिङतर्फ रोयल राईनोजको तर्फबाट पुकारले ३ तथा निरजले १ विकेट हात पारे ।
त्यस्तै अर्को खेलमा सगरमाथा क्रिकेट क्लब` ए´ ले नार्रे किंग्सलाई ८ विकेटले पराजित गरेको थियो । भने गोर्खाली क्रिकेट क्लबले आरआरसीसी `बी ´ लाई रोमाञ्चक बनेको खेलमा २ रनले पराजित गर्न सफल भयो ।
यता आईतबारनै भएको अर्को खेलमा हिमालयन क्रिकेट क्लबले एक्स्पर्ट क्रिकेट क्बललाई पराजित गरेको थियो ।
अब चौथो चरणको खेल अर्को आइतबार हुनेछ । त्यसपछि समुह चरणका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल १७ नोभेम्बरमा हुनेछ ।
नेपाल क्रिकेट संघ ( क्यान )का पुर्व उपाध्यक्ष नरेश श्रेष्ठ तथा पुर्व राष्ट्रिय क्रिकेट खेलाडी युनिस श्रेष्ठ र राष्ट्रिय खेलाडी नेपाल पुलिसका कप्तान मन्जित श्रेष्ठको बहिनी तथा भिक्टोरियन नेप्लिस क्रिकेट संघका अध्यक्ष बिबेक श्रेष्ठका पत्नी रिचा श्रेष्ठको स्मृतिमा यो प्रतियोगिता जारी रहेको छ ।