श्रीलंकामाथि अष्ट्रेलियाको शानदार जित

श्रीलंकामाथि अष्ट्रेलियाको शानदार जित

एजेन्सी | डेविट वार्नरको पहिलो अन्तर्राष्ट्रिय टि – ट्वान्टी शतकमा अष्ट्रेलिया भ्रमणमा रहेको श्रीलंकालाई सिरिजको पहिलो टी – ट्वान्टी खेलमा १ सय ३४ रनले पराजित गरेको छ ।

खेलमा घरेलु टोलीअष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको श्रीलंका अष्ट्रेलियन बलरसामु निरीह साबित हुँदा श्रीलंका २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा ९९ रनमा सिमित भएपछी सिरिजको पहिलो खेल अष्ट्रेलियाले आफ्नो पक्षमा पार्न सफल भयो ।

बिशाल लक्ष्यलाई पछ्याएको श्रीलंका लागि दासुन शनाकाले १७ तथा कुशल परेराले १६ रन बनाउँनु बाहेक अन्य खेलाडीबाट उलेख्य योगदान हुन नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भयो ।

बलिङतर्फ अष्ट्रेलियाका जाम्पाले ३ तथा मिशेल स्टार्क र पैट कमिंसले समान २/२ विकेट हात पार्दा एश्टन एगरले एक विकेट लिएका थिए ।

त्यसअघि अष्ट्रेलियाले ट्स हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै मात्र २ विकेट गुमाएर २ सय ३३ रनको विशाल योगफल खडा गरेको थियो ।

अष्ट्रेलियालाई विशाल योगफलतर्फ पुर्याउन डेविट वार्नरले करियरकै पहिलो टी – ट्वान्टी अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने क्रममा अबिजित रहदै १०० रनको योगदान गरेका थिए ।

उनले ५६ बलको सामना गर्दै १० चौका र ४ छ्क्काको मद्दतमा उक्त पारी खेलेका थिए ।

यस्तै डेविट बाहेक कप्तान आरोन फिन्चले ६४ तथा ग्लेन म्याक्सवेलले ६२ रनको योगदान गरेका थिए ।

अब सिरिज अन्तरर्गतको दोस्रो खेल आउँदो बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *