टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेविड वार्नरको पहिलो शतक
एजेन्सी | अन्तर्राष्ट्रिय टी – ट्वान्टी क्रिकेटमा अष्ट्रेलियन खेलाडी डेविट वार्नरले शतकिय पारी खेलेका छ्न ।
श्रीलंकाबिरुद्दको सिरिजको पहिलो टी- ट्वान्टी खेलमा डेविटले अबिजित रह्दै १०० रन पूरा गरेका हुन । अहिले जारी खेलमा सुरुमा ब्याटिङ गर्दै अष्ट्रेलियालाई विशाल योगफल गराउँने क्रममा डेविट वार्नरले सर्बाधिक धेरै रन बनाउँंने क्रममा १०० रन बनाउँन सफल भए ।
१३ अर्धशतक बनाईसकेका डेविट वार्नरको ब्याटबाट पहिलो पटक यो शतक आएको हो ।आज उनले ५६ बलको सामना गर्दै १० चौका र ४ छ्क्काको मद्दतमा उक्त पारी खेलेका हुन ।
यता टिमले ट्स हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभर पुरै खेल्दै मात्र २ विकेट गुमाएर २ सय ३३ रनको विशाल योगफल खडा गरेको छ ।
अष्ट्रेलियालाई विशाल योगफलतर्फ लग्ने क्रममा डेविट बाहेक कप्तान आरोन फिन्चले ६४ तथा ग्लेन म्याक्सवेलले ६२ रनको योगदान गरेका थिए ।
अहिले अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ३४ रनको विशाल विजयी लक्ष्यलाई पछ्याउँदै श्रीलंकाले जवाफी ब्याटिङ गर्दै गर्दा सुरुवात भने खराब गरेको छ ।