भारतमा पारसको चर्चा : आईपिएलमा छ्नोट हुने आंकलन
एजेन्सी | विश्व क्रिकेटको सबैभन्दा चर्चित तथा ठुलो ब्याबसाहिक क्रिकेट लिग इण्डियन प्रिमियर लिग ( आईपिएल ) को नयाँ सस्करणका लागि खेलाडी छ्नोट अक्सनको मिति नजिकिदै गर्दा अहिले विभिन्न चर्चा – परिचर्चा चल्न सुरु भईसकेका छ्न ।
अक्सनका लागि टिमहरुपनि आफ्नो रणनीति बनाउँन ब्यस्त रहिरहदा उदायमान क्रिकेटका तीन स्टार क्रिकेटरको नामपनि बाहिर आएको छ ।
भारतिय चर्चित वेवसाईट स्पोर्टस क्रिडाले नेपालका अनुभवी खेलाडी पारस खड्काको नामलाई प्राथमिकताका साथ सुचिमा समाबेश गरेका छ्न ।
स्पोर्टस क्रिडाको अङ्ग्रेजी संस्करणको आफ्नो स्पेशल रिपोर्टमा उल्लेख गर्दा पारसलाई सूचीको दोस्रो नम्बरमा स्थान दिएको छ ।
पछिल्लो समय लोकप्रियताको एकपछि अर्को सिढी चढदै गरेको आईपिएलमा ठूलो रकम खर्च हुने गर्छ खेलाडीलाई अनुबन्धित गर्ने क्रममा , विश्वका सबै खेलाडीलाई आईपिएल खेक्न लालाहित हुन्छ्न ।
त्यसको कारण रकमसँगै आईपिएलको भारतिय क्रेज सो आफैमा निकै अदभुत रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै क्रिकेट खेलाडीलाई पनि आईपिएल खेल्ने एउटा् सपना हुन्छ ।
त्यसमा अझ हामीजस्ता उदायमान क्रिकेटका लागि अनि त्यो धेरै महत्वपूर्ण रहेको हुन्छ । यसबीचमा हामीजस्ता उदायमान देशका खेलाडीमा पनि नजर आईपिएलको नजर जाने हुँदा यस्ले दायरा फराकिलो रहेको छ ।
प्रतिभा छ भने स्टाट्सले फरक पार्दैन , जो आईपिएलमा सदैभ देखिदै आएको छ । आईपिएलका फेन्चाईज टिमहरु उत्कृष्टमा पनि सर्वोउत्कृष्ट खेलाडीलाई आफ्नो टिममा अनुबन्ध गर्न चाहन्छ्न ।
त्यसैले उदायमान मुलुकका खेलाडीले पनि राम्रो मौका पाईरहेका छ्न । त्यसको ज्वलन्त उदाहरण हाम्रै देशका सन्दिप लामिछानेलाई लिन सकिन्छ ।
भर्खरै क्रिकेटमा उदाउँदै गरेका सन्दिपलाई आईपिएल टिम दिल्लीले अक्सनमार्फत अनुबन्धित गर्यो ।खेलमा विश्वास गरेर खेलायो पनि र मौकालाई सन्दिपले सदुपयोग गरेपछी अहिले सबैलाई थाहा छ सन्दिपको सफलता एक पछि अर्को ठुला लिगमा ठूलो रकमका साथ अनुबन्धित भएका छ्न ।
त्यसैले पारस पनि यो सस्करणका लागि उपयुक्त हुन सक्छ्न । सन्दिपपनि छानिदा एक्कासि छानिएका थिए सो त्यस्तै पारसकोमा पनि नहोला भन्न सकिँदैन ।
सदैभ आईपिएलका टिमका लागि उदायमान खेलाडीमा नजर परेको हुन्छ । एसोसियटका खेलाडीलाई अनुबन्धित गर्न रकम पनि कम खर्चिनु पर्ने र काम पनि हुने हुँदा टिमको नजर एसोसिएटका खेलाडीमा पनि परिरहेको हुन्छ ।
त्यस्तोमा डिसेम्बर १७ तारिखमा हुन लागेको आईपिएल अक्सनका लागि एसोसियटका विस्फोटक ब्याट्सम्यान पनि छानिने सम्भावना रहेको माथिको स्पोर्टस क्रिडाले यसरी सूचीका साथ उल्लेख गरेको छ ।
३. जर्ज मुनसे (स्कटल्याण्ड)
स्कटल्याण्डका जर्ज मुनसे यस सूचिको तेस्रो स्थानमा रहेका छ्न ।आक्रमक ब्याट्सम्यानका रुपमा रहेका मुनसेले हालसम्म टि – ट्वान्टी अन्तर्राष्ट्रियमा ३५ खेलमा ३३ खेल खेल्दै ८९८ रन बनाईसकेका छ्न । जसमा ४ अर्धशतक र १ शतक सामेल रहेको छ ।
स्कटल्याण्डका ओपनर व्याट्सम्यमान मुनसेले गत महिला नेदरल्याण्डविरुद्धको टी २० मा ५६ बलमा १२७ रन बनाएर सनसनी मच्चाएका थिए ।
पछिल्लो समयमा मुनसे स्कटल्याण्डका लागि अदभुत प्रदर्शन गर्दै आएका हुँदा आईपिएलमा छ्नोट हुने आकलन गरिएको छ ।
२. पारस खड्का ( नेपाल )
सो सूचीको दोस्रोस्थानमा नेपालका अनुभवी खेलाडी पारस खड्का रहेका छ्न । नेपाली क्रिकेटमा ठूलो योगदान गर्दै आएका पारसको खेल पनि आफैमा राम्रो रहेको छ ।
भर्खरै पहिलो पटक युएईमा हुने टि -१० लिगमा पारसलाई टिम अबुधाविले अनुबन्धित गरेको छ । केही दिन अगाडी ड्राफ्ट भएता पनि पारसलाई भने टिमले सिदै १० हजार अमेरिकन डलरमा अनुबन्धन गरेको हो ।
पारसको कप्तानी र खेलको कारण बिश्व क्रिकेटमा पारसको नाम नौलो होईन, पारस बिश्व चर्चितनैछ्न यसमा दुईमत छैन ।
पछिल्लो महिना सिंगापुरविरुद्ध टि – २० लक्ष्य पछ्याउने क्रममा अबिजित रहदै अबिजित शतककिय पारी खेलेपछी पारसको चर्चा चुलिएको छ ।
त्यसबीचमा कयौ किर्तिमान पनि बने त्यसमध्य टी २० मा लक्ष्य पछ्याउँने क्रममा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान पारस बनेका छ्न ।
यस्तै पारसको प्रंद्शन पनि राम्रो रहेको छ । अहिलेसम्म २७ खेलमा २६ खेल खेल्दै ७०६ रन बनाईसकेका छ्न । जसमा २ अर्धशतक र १ शतक सामेल रहेको छ ।
यसरी पारसको प्रदर्शनलाई हेर्दा यदि एसोसियट खेलाडी लिनुपर्ने अवस्था आएमा पारस उपयुक्त रहन सक्छ्न ।
१.हजरतुल्लाह जजाई (अफगानिस्तान)
२१ बर्षिय जजाई अफगानिस्तानका पछिल्लो उदाउँदो ताराको रुपमा आफुलाई स्थापित गर्दैछ्न । मात्र १० अन्तर्राष्ट्रिय टि – ट्वान्टी खेल खेलेका जजाईले ४७० रन बनाईसकेका छ्न ।
जसमा एक शतक र दुई अर्धशतक सामेल रहेको छ । जसअन्तर्गत आयरल्याण्डबिरुद्दको टि – ट्वान्टी खेलमा ६२ बलमा १ सय ६२ रन बनाउँदै शनसनि मच्चाएका थिए ।
छोटो समयमा अफगानिस्तानका लागि राम्रो प्रदर्शन गर्दै आएका जजाई यसपटक फेन्चाईज लिगका मालिकको नजरमा पक्कै पर्ने अपेक्षा गरिएको छ ।
यता अर्को बर्ष अप्रिलमा हुने १३ औं सस्करणको आईपिएलको अक्सन डिसेम्बर १९ तारिखम कोलकतामा हुँदैछ ।