onlinekhelkhabar.com

Complete website for Nepali Sports News

भोलि आईपिएल को फाईनल : चेन्नई र हैदराबाद भिडने

जेठ , १२ अनलाईन खेलखबर || ईन्डियन प्रिमियर लिग ( आईपिएल ) को यस ११ औं संस्करण को फाईनल मा भोलि वानखडे रंगशाला मुम्बई मा सनराईजर्स हैदराबाद र चेन्नई सुपर किंग्स भिडने भएका छ्न ।

शुक्रबार राती भएको दोस्रो क्वालिफायर मा एलिमिनेटर को बिजेता राजस्थान लाई रोमाञ्चक खेल मा १४ रनले पराजित गर्दै पहिलो क्वालिफायर बाट फाईनल प्रबेश गरिसकेको चेन्नई सुपर किग्स सगँ फाईनल भेट पक्का गरेको हो । स्मरण रहोस पहिलो क्वालिफायर मा चेन्नई ले हैदराबाद लाई नै २ विकेट ले पराजित गर्दै फाईनल प्रबेश गरेको थियो ।

हैदराबाद र चेन्न ई बिच यस संस्करण मा भएको ३ भेट मा चेन्नई हैदराबाद सगँ हाबी हुँदै ३ मै जित हासिल गरेको गरेको थियो । लिग चरण को पहिलो भेट मा मा हैदराबाद लाई चेन्नई ले ४ रन ले पराजित गरेको थियो जुन निकै रोमाञ्चक खेल हुन पुगेको थियो यस्तै लिग चरण कै दोस्रो भेट मा चेन्नई ८ विकेट्ले बिजियी भएको थियो भने प्ले अफ को पहिलो क्वालिफायर मा चेन्नई ले हैदराबाद लाई २ विकेट् ले पराजित गर्न सफल भएको थियो

अंकतालिका मा १८ अंक सहित पहिलो स्थान मा हैदाराबाद र समान १८ अंक नै भएपनि नेट रनरेट बाट पछि पर्दै दोस्रो स्थान मा चेन्नई रहदै लिग चरण सम्माप्त यी दुई टिम ले गरेका थिए । भने लिग को तेस्रो मा कोलकता र चौथो मा राजस्थान रहेका थिए ।

आईतवार हुने खेललाई हैदराबाद ले यस अघि को खेल मा हार को बदला लिने ठूलो मौका हुनेछ भने चेन्नई हैदाराबाद माथी हाबी हुँदै च्याम्पियन बन्ने कोसिस मा रहने छ । फाईनल चेन्नई को ब्याटिङ बलियो र हैदाराबाद को बलिगं बलियो बिरुद कडा टक्कर हुने आकलन गरिएको छ । फाईनल खेल नेपाली समय अनुसार साझको सवा सात बजे पछि हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *