पूर्व कप्तान लेखबहादुर क्षेत्री चितवनमा सम्मानित

पूर्व कप्तान लेखबहादुर क्षेत्री चितवनमा सम्मानित

काठमाडौं ( अनलाइन खेलखबर ) || नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्री चितवनमा सम्मानित भएका छ्न ।

शनिबार नेपाली क्रिकेट समर्थक समाज ( एनसिएसएस ) चितवनले उनलाई उनले नेपाली क्रिकेटमा पुर्याएको योगदानलाई कदर गर्दै कप्तान क्षेत्रीलाई सम्मान गरेको हो ।

जसमा नेपाल क्रिकेट संघ ( क्यान ) अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) बाट निलम्बनको अवस्थामा आईसीसीद्धारा गठित स्वतन्त्र समितिको सदस्यका रुपमा रहेर क्रिकेट संघको निर्वाचन सम्पन्न गरी निलम्बन फुकुवाको प्रक्रियामा उनले गरेको योगदानको उच्च मुल्यांकन गर्दै संस्थाले सम्मान गरेको संस्थाका संस्थापक तथा सक्रिय सदस्य डा.
संजय धरेलले अनलाइन खेलखबरलाई जानकारी गराए ।

उनका अनुसार शनिबार चितवन भरतपुरस्थित होटेल अशोकामा एक कार्यक्रम गरी क्षेत्रीलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा क्षेत्रीले क्यानको नयाँ कार्यसमिति पाएसँगै तदारूकताका साथ काम गर्ने विश्वास व्यक्त गरेका गर्दै पारस खड्काको राजीनामा बिषयमा बोल्दै उनको राजीनामा एउटा नयाँ अध्यायको सुरूवातको लागि स्वागत योग्य कदम रहेको समेत बताएका थिए ।

यस्तै एनसिएसएसको क्रिकेट प्रतिको लगावको उच्च सम्मान र आगामी दिनको लागि हौसला समेत क्षेत्रीले प्रदान गरेका थिए ।

सम्मान कार्यक्रम चितवन शाखाको संयोजक दिनेश नाइसाको अध्यक्षता, खेलकूद पत्रकार मञ्च चितवन शाखाका अध्यक्ष विनोद बाबु रिजाल तथा संस्थाका सस्थापक डा. संजय धरेलको आतिथ्यतामा सञ्चालन भएको थियो ।

यस्तै नेपाली क्रिकेट समर्थक समाज चितवन शाखाका कोषाध्यक्ष केदार शर्माले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमलाई संस्थाका सस्थापक सदस्य नविन ओलियाले संचालन गरेका थिए ।

कार्यक्रम सकिपछी संस्थाका सदस्यसहित क्षेत्रीले निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रीय क्रिकेट रंगशालालाई समेत अवलोकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *