onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सागको बिशेष तयारीका लागि नेपाली फेन्सिङ टोली थाइल्यान्ड जाँदै

काठमाडौं ( अनलाइन खेलखबर ) | आसन्न नेपालमा आयोजना हुन गईरहेको दक्षिण एसियायी खेलकुद ( साग ) को तयारीका लागि नेपाली फेन्सिङ टोली थाइल्यान्ड जाने भएको छ ।

थाईल्याण्डको राजधानी बैंककमा रहँदा नेपाली टोलीले एक प्रतियोगिता खेल्ने छ र त्यसपछि प्रशिक्षणमा सहभागी हुने कार्यक्रम रहेको छ ।

नेपाली खेलाडीले नोभेम्बर १ देखि ३ तारिखसम्म हुने चुलालङकन युनिभर्सिटी ओपन फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छ ।

नेपाली टिममा ओमकार, दीपेन्द्र विष्ट, सागर थापा, जलिन्द्रबहादुर शाही, राजनराज खड्का, ज्ञानेन्द्र तिमिल्सिना, अमित भण्डारी, राजेन्द्र गजुरेल, पायास योञ्जन, गोमा आचार्य, अन्जु तामाङ, अनिता अधिकारी, रमा सिंह, कमला श्रेष्ठ, अस्मिता श्रेष्ठ, शिक्षा नापित, रविना थापा, इन्दिरा पौडेल, जानुका स्याङतान, अनिता कार्की, राजेन्द्र श्रेष्ठ, राकेश महर्जन, दिनेश पाण्डे र सीता पाठक रहेका छन् ।

प्रशिक्षण नोभेम्बर ५ देखि २० तारिखसम्म चल्ने छ ।

प्रशिक्षकमा अभिषेक कार्की, सन्जिप लामा र जंग गिरी तथा टिम व्यवस्थापकमा अनुप कपाली छन् ।

शुक्रबार टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

सो अवसरमा नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठले सागमा व्यक्तितर्फ स्वर्ण, रजत र कांस्य जित्नेलाई क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे । त्यस्तै टिममा स्वर्णलाई २ लाख, रजतलाई १ लाख र कांस्यलाई ४० हजार दिने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्