onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रुविना प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी घोषित

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाली राष्ट्रिय टिम तथा क्याट क्विन्स काठमाडौंकी कप्तान रुविना क्षेत्रीले काठमाडौंमा भएको नेपालको पहिलो महिला फेन्चाईज क्रिकेट लिग वुमेन्स च्याम्पीयन्स लिग ( डब्लुसिएल ) को“ प्लेयर अफ द सिरिज´´ घोषित भएकी छिन ।

टिमलाई पहिलो प्रतियोगितामा उप – विजेता बनाउने क्रममा रुविनाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । प्रतियोगिता भर निकै राम्रो प्रदर्शन गरेकी उनले अलराउण्डर प्रदर्शन गर्ने क्रममा प्रतियोगीताकै सर्बाधिक धेरै रन बनाएकी थिइन् ।

प्रतियोगिताको उदायमान खेलाडी ईश्वरी विष्ट

कुल ६ खेल खेलेकी उनले कुल २ सय १४ रन बनाइन जसमा २ अर्धशतक समेत सामेल रहेको थियो ।
उत्कृष्ट ब्याटर : काजल श्रेष्ठ

भने बलिङतर्फ पनि रुविनाले ५ विकेट हात पार्न सफल भएकी थिइन् । यो सँगै रुबिनाले नगद ५० हजार र एकथान स्कुटर प्राप्त गरिन ।

यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर चितवनकि काजल श्रेष्ठले घोषित हुँदा उत्कृष्ट बलर कविता गौतम घोषित भए उनिहरुले समान २५/२५ हजार नगद प्राप्त गर्दा हुँदा उदायमान खेलाडी ईश्वरी विष्ट चयन भईन । उनले १५ हजार प्राप्त गरिन ।

प्रतिक्रिया दिनुहोस्