onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डब्लुसिएल फाइनल : चितवनबाट काठमाडौं सामू मध्यम लक्ष्य प्रस्तुत

काठमाडौं ( अनलाइन खेलखबर ) || चितवन राईनोजले नेपालको पहिलो महिला लिग वुमेन्स च्याम्पीयन्स लिग ( डब्लुसिएल ) को फाइनल खेलमा क्याट क्विन्स काठमाडौंलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ |

किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवन राईनोजले निर्धारित २० ओभर पुरै खेल्दै ४ विकेटको क्षतिमा १ सय १३ रन बनाउँन सफल भएको छ |

चितवनलाई मध्यम स्कोरतर्फ पुर्याउनका लागि ओपनर ब्याटर काजल श्रेष्ठ र कन्चन श्रेष्ठले ठोस सुरुवात दिलाएका थिए | यस्तै सुमन खतिवडाले २९ तथा कप्तान ईन्दु वर्माले अविजित रहदै २२ रनको योगदान गरिन |

पहिलो विकेटका रुपमा पभेलियन फर्किएकी काजल टिमको स्कोर ४९ रन हुँदा व्यक्तिगत २१ रनमा आउट हुन् पुगिन | सरस्वती कुमारी चौधरीको बलमा क्याच आउट हुन् पुगेकी उनले २८ बलमा २ चौकाको मद्दतमा उक्त पारी खेलेकी हुन् |

यस्तै कन्चनले २६ बलमा ३ चौकाको मद्दतमा १९ रनको योगदान गरिन |

बलिङतर्फ काठमाडौंकी संगीता राई ,लक्ष्मी साउद र सरस्वती कुमारी चौधरीले समान १/१ विकेट हात पारिन |

अब चितवनले प्रस्तुत गरेको १ सय १३ रनको विजयी चुनौतीलाई पछ्याउदै काठमाडौंले अबको केहि समय पछी जवाफी ब्याटिङ गर्नेछ |

प्रतिक्रिया दिनुहोस्