onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

फाइनल भिडन्त : चितवनले सुरुमा ब्याटिङ गर्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाली महिला क्रिकेटको पहिलो फेन्चाईज क्रिकेट लिग वुमेन्स च्याम्पीयन्स लिग ( डब्लुसिएल ) अन्तर्गत अहिले फाइनल खेल सुरु हुँदैछ ।

त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा टस हारेर चितवनले पहिले ब्याटिङ्ग गर्ने भएको छ ।

जारी प्रतियोगितामा अपराजित चितवन राईनोज आज फाइनलमा पनि उच्च मनोबलमा रहेको छ भने काठमाडौं पनि पहिलो खेल पराजित भएता पनि त्यसपछिका सबै खेलमा जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो ।

यी दुई टिमबीच लिग चरणमा भेट हुँदा चितवन राईनोजले काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो र सोहि हारका बाबुजित काठमाडौं अंकतालिकामा दोस्रो हुँदै क्वालिफायरमार्फत फाइनल पुगेको थियो ।

भने चितवन भने अंकतालिकामा पहिलो स्थानमा रहदै फाइनल पुगेको हो । आज चितवन आफ्नो जितको शिलशिलालाई यथावत राख्दै प्रतियोगिताको पहिलो च्याम्पियन हुन् चाहन्छ भने काठमाडौं पनि लिग चरणमा व्यहोरेको हारको बदला लिदै पहिलो उपाधि आफ्नो नाममा लेखाउन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्