कर्पोरेट सुपर सिक्सेसलाई माछापुच्छ्रे बैंकको साथ
काठमाडौं ( अनलाइन खेलखबर ) | छ्ठौं सस्करणको ‘कर्पोरेट सुपर सिक्सेस’ क्रिकेट प्रतियोगितालाई माछापुच्छ्रे बैंक लिमिटेडले मुख्य प्रायोजन गरेको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको आयोजक एसएस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
प्रायोजन गरेवाफत बैकले १५ लाख प्रदान गर्नेछ ।
डिसेम्बर १८ देखि २३ सम्म हुने भनिएको यस प्रतियोगितालाई नेपाली कर्पोरेट क्षेत्रकै सबैभन्दा चर्चित तथा स्तरीय प्रतियोगिताको रुपमा लिने गरिन्छ ।