डब्लुसिएलको फाइनलमा काठमाडौं र चितवन भिड्ने

डब्लुसिएलको फाइनलमा काठमाडौं र चितवन भिड्ने

काठमाडौं ( अनलाइन खेलखबर ) | विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै क्याट क्विन्स काठमाडौं नेपालको पहिलो महिला फेन्चाईज लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) को फाइनल प्रबेश गरेको छ ।

अब बिहिबार हुने फाइनल खेलमा काठमाडौंले चितवन राईनोजसँग प्रतिष्पर्दा गर्नेछ ।

काठमाडौं फाइनल पुग्ने क्रममा आज विराटनगरले दिएको ६९ रनको विजयी चुनौतीलाई ९.५ ओभरमा मात्र १ विकेटको क्षतीमा काठमाडौले उक्त चुनौतीलाई भेटायो ।

काठमाडौंका लागि जित दिलाउँने क्रममा कप्तान रुबिना क्षेत्री र अप्सरी बेगमले अबिजित रह्दै क्रमश : ३४ र २७ रनको योगदान गरे ।

बलिङतर्फ विराटनगरकि सोनु खडकाले १ विकेट लिन सफल भैइन ।

त्यसअघि त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर १७.३ ओभरमा अलआउट हुँदै ६८ रनमा सिमित हुन् पुगेको थियो ।

खेलमा विराटनगरले सुरुवात राम्रो गरेको भएता पनि मध्य र तल्लोक्रमका ब्याटरबाट निकै निराशाजनक प्रदर्शन गरेपछि खेलमा विराटनगरले मध्यम स्कोरमा रोकिन बाध्य भयो ।

टिमलाई सुरुवात राम्रो दिलाउँने क्रममा ओपनर ब्याटर ज्योति पाण्डे र सोनु खडकाले पहिलो विकेटका लागि ४४ रनको ओपनिङ साझेदारी गरेका थिए ।

६.५ ओभरमा टिमले ज्योति पाण्डेलाई व्यक्तिगत १२ रनमा गुमाएको विराटनगर काठमाडौको कसिलो बलिङसामू निरिह साबित हुँदा टिमले लगातार लय गुमाउँदै क्रमश : विकेट गुमाउदै गयो ।

यसबीचमा सोनु खडकाले सर्बाधिक ३४ रनको योगदान दिदा अन्य खेलाडीबाट उलेख्य योगदान दिन नसक्दा टिम निकै झिनो लक्ष्यमा रोकिएको छ ।

बलिङतर्फ काठमाडौकी कप्तान रुविना क्षेत्रीले सर्बाधिक ४ विकेट हात पारिन ।आफ्नो स्पेलको ४ ओभर पुरै बलिङ गरेकी उनले मात्र ४ रन दिएर उक्त विकेट लिएकी हुन् । यस्तै टिमका लागि संगीता राई , ईश्वरी बिष्ट र लक्ष्मी साउदले समान १/१ विकेट हात पारिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *