![रुबिनाले कसिलो बलिङ गरेपछि विराटनगरबाट निकै झिनो लक्ष्य प्रस्तुत](https://onlinekhelkhabar.com/wp-content/uploads/IMG_7031-e1571728836978.jpg)
रुबिनाले कसिलो बलिङ गरेपछि विराटनगरबाट निकै झिनो लक्ष्य प्रस्तुत
काठमाडौं ( अनलाइन खेल खबर ) | नेपालको पहिलो महिला क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) को फाइनल क्वालिफायरमा विराटनगरले काठमाडौलाई ६९ रनको विजयी चुनौति प्रस्तुत गरेको छ ।
त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदान जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर १७.३ ओभरमा अलआउट हुँदै ६८ रनमा सिमित हुन् पुगेको छ ।
खेलमा विराटनगरले सुरुवात राम्रो गरेको भएता पनि मध्य र तल्लोक्रमका ब्याटरबाट निकै निराशाजनक प्रदर्शन गरेपछि खेलमा विराटनगरले मध्यम स्कोरमा रोकिन बाध्य भयो ।
टिमलाई सुरुवात राम्रो दिलाउँने क्रममा ओपनर ब्याटर ज्योति पाण्डे र सोनु खडकाले पहिलो विकेटका लागि ४४ रनको ओपनिङ साझेदारी गरेका थिए |
६.५ ओभरमा टिमले ज्योति पाण्डेलाई व्यक्तिगत १२ रनमा गुमाएको विराटनगर काठमाडौको कसिलो बलिङसामू निरिह साबित हुँदा टिमले लगातार लय गुमाउँदै क्रमश : विकेट गुमाउदै गयो ।
यसबीचमा सोनु खडकाले सर्बाधिक ३४ रनको योगदान दिदा अन्य खेलाडीबाट उलेख्य योगदान दिन नसक्दा टिम निकै झिनो लक्ष्यमा रोकिएको छ ।
बलिङतर्फ काठमाडौकी कप्तान रुविना क्षेत्रीले सर्बाधिक ४ विकेट हात पारिन ।आफ्नो स्पेलको ४ ओभर पुरै बलिङ गरेकी उनले मात्र ४ रन दिएर उक्त विकेट लिएकी हुन् । यस्तै टिमका लागि संगीता राई , ईश्वरी बिष्ट र लक्ष्मी साउदले समान १/१ विकेट हात पारिन ।
अब विराटनगरले दिएको ६९ रनको झिनो विजयी चुनौतीलाई पछ्याउदै काठमाडौले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ |