onlinekhelkhabar.com

Complete website for Nepali Sports News

काठमाडौंविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने

काठमाडौं ( अनलाइन खेलखबर ) || काठमाडौंमा जारी नेपालको पहिलो महिला फेन्चाईज लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) अन्तर्गत अबको केही बेरपछि क्वालिफायर खेलमा क्याट क्विन्स काठमाडौं र विराटनगर टाईटन्स भिड्दै छन ।

भखरै किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको ट्समा ट्स जितेर विराटनगरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

लिग चरणमा शत – प्रतिशत नतिजा निकाल्दै चितवन राईनोज अंकतालिकाको पहिलो स्थानमा रह्दै फाइनल पुगिसकेको छ । र आजको विजेता टिमले चितवनसँग फाइनल भेट पक्का गर्नेछ ।

जारी प्रतियोगितामा काठमाडौंले ४ खेलमा ३ मा जित निकाल्दै अंकतालिकामा तेस्रोस्थान हासिल गर्दै क्वालिफायरमा पुगेको थियो भने विटाटनगर ४ खेलमध्य २ मा हार र दुईमा जित निकाल्दै ४ अंकका साथ तेस्रो स्थानमा रहदै क्वालिफायर पक्का गरेको हो ।

यसअघि लिग चरणमा भेट हुँदा यी दुई टिमको काठमाडौंले बाजि मारेको थियो । जसमा सुरुवाती ब्याटिङ गर्दै काठमाडौंले मात्र २ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो ।

त्यसपछि काठमाडौंले दिएको विजयी चुनौतीलाई पछ्याएको विराटनगर २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा ८७ रनमा सिमित हुन पुगेपछी काठमाडौं खेललाई ५२ रनले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

यसरी खेल हेर्दा तुलनात्मक रुपमा काठमाडौं बलियो देखिएको छ र आजको खेलमा पनि हाबी हुने प्रबल संभावना रहेता पनि विराटनगर पनि खेलमा जुन सुकै बेलामा पनि पुनरागमन गर्न सक्ने टिमको रुपमा रहेको हुँदा खेल आज रोचक र टक्करको हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्