onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कविताको उत्कृष्ट पारीमा पोखराको सान्त्वना जित

काठमाडौं ( अनलाइन खेलखबर ) | काठमाडौंमा जारी नेपालको पहिलो महिला फेन्चाईज लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) अन्तर्गत लिग चरणको अन्तिम खेलमा ललितपुरलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

प्रतियोगितामा सान्त्वना जित निकाल्ने क्रममा ललितपुरले दिएको १ सय २३ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको पोखराले १७.२ ओभरमा मात्र ४ विकेट गुमाएर भेटायो ।

पोखरालाई सान्त्वना जित दिलाउने क्रममा कविता कुवँर र विन्दु रावलबीचको शानदार साझेदारीको पारी महत्वपूर्ण रहयो ।

टिमको स्कोर ४.२ ओभर भित्र मात्र ५ रन भएको अबस्थामा सुरुवाती तिन ब्याटरलाई गुमाएको भएपनि कबिता र बिन्दुबीच चौथो विकेटका लागि शतकीय साझेदारी हुने क्रममा १०६ रनको साझेदारी हुन् पुगेपछि टिमले जित हासिल गर्न पर्याप्त बन्यो ।

चौथो विकेटको रुपमा पभेलियंन फर्किएकी विन्दुले ४० रनको योगदान गरिन । ४४ बलको सामना गरेकी उनले ४ चौका प्रहार गरेकी थिईन ।

बिज्ञापन

यस्तै कविताले अविजित रहदै ६१ रनको योगदान गरिकी थिइन् ।

बलिङतर्फ ललितपुरकी ममता चौधरी र कप्तान नेरी थापाले समान २/२ विकेट हात पारिन ।

त्यसपछी त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय २२ रनको योगफल खडा गरेको थियो ।

खराब सुरुवात गर्ने क्रममा आज ओपनर ब्याटरलाई टिमले सस्तैमा गुमायो । ओपनर ब्याटर गीता गोसाई र रोशनी बोहराले समान १/१ रन बनाएर आउट हुन् पुगे ।

त्यसपछी टिमले कप्तान नेरी थापालाई पनि सस्तैमा गुमाएपछी टिम सुरुवाती अबस्थादेखि नै दबाबमा आएको थियो | नेरी तेस्रो विकेटका रुपमा आउट हुनेक्रममा ७.४ ओभरमा व्यक्तिगत ८ रनमा आउट हुन पुगिन ।

नेरी आउट भएपछी टिमका लागि कबिता जोशीले ३१ र ममता चौधरीले अविजित रहदै अर्धशतकिय ५२ र कबिता जोशीले ३१ रनको पारी खेलपछि टिमले यो स्कोरसम्म पुग्न सफल भयो |

बलिङतर्फ पोखराकी कप्तान सिता राना मगरले सर्बाधिक २ तथा राजमति चौधरी , अन्जली चन्द र नविना खड्काले समान १/१ विकेट लिए ।

अब प्रतियोगितामा मंगलबार क्वालिफायर अन्तर्गत विराटनगर र काठमाडौं भिड्ने छन यो खेलको विजेता टोलीले बिहिबार हुने फाइनल खेलमा चितवन राईनोजसँग भिड्ने छ |

प्रतिक्रिया दिनुहोस्