प्रतिष्ठाको लडाईमा ललितपुरबाट पोखरासामू मध्यम विजयी लक्ष्य प्रस्तुत
काठमाडौं ( अनलाइन खेलखबर ) | काठमाडौंमा जारी नेपालको पहिलो महिला फेन्चाईज लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) अन्तर्गत लिग चरणको अन्तिम खेल अहिले जारी रहेको अबस्था रहेको छ ।
त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अहिले प्रतियोगिताबाट बाहिरिसकेको पोखरा पल्टन र ललितपुर फाल्कोनको सामना गरिरहेको छ ।
जसमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय २२ रनको योगफल खडा गरेको छ ।
खराब सुरुवात गर्ने क्रममा आज ओपनर ब्याटरलाई टिमले सस्तैमा गुमायो । ओपनर ब्याटर गीता गोसाई र रोशनी बोहराले समान १/१ रन बनाएर आउट हुन् पुगे ।
त्यसपछी टिमले कप्तान नेरी थापालाई पनि सस्तैमा गुमाएपछी टिम सुरुवाती अबस्थादेखि नै दबाबमा आएको थियो | नेरी तेस्रो विकेटका रुपमा आउट हुनेक्रममा ७.४ ओभरमा व्यक्तिगत ८ रनमा आउट हुन पुगिन ।
नेरी आउट भएपछी टिमका लागि कबिता जोशीले ३१ र ममता चौधरीले अविजित रहदै अर्धशतकिय ५२ र कबिता जोशीले ३१ रनको पारी खेलपछि टिमले यो स्कोरसम्म पुग्न सफल भयो |
बलिङतर्फ पोखराकी कप्तान सिता राना मगरले सर्बाधिक २ तथा राजमति चौधरी , अन्जली चन्द र नविना खड्काले समान १/१ विकेट लिए ।
अब ललितपुरले दिएको १ सय २३ रनको विजयी चुनौतीलाई पछ्याउंदै पोखराले अबको केहिको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।
जारी प्रतियोगितामा दुबै टिम लगातार तिन खेलमा पराजित हुँदै लिग चरणबाटै बाहिरिसकेका छन । यो खेल केवल सान्त्वनाका लागि मात्र सिमित रहने छ ।