डब्लुसिएलमा लिगको अन्तिम खेल आज : पोखरा र ललितपुर सान्त्वना जितको खोजिमा
काठमाडौं ( अनलाइन खेलखबर ) | काठमाडौंमा जारी नेपालको पहिलो महिला फेन्चाईज लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) अन्तर्गत लिग चरणको अन्तिम खेल आज हुँदैछ ।
किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान साढे ११ बजेपछी हुने खेलमा प्रतियोगिताबाटै बाहिरिसकेका पोखरा पल्टन र ललितपुर फाल्कोन भिड्ने छ्न ।
यसअघिका ३ खेलमा लगातार पराजित भएपछी प्रतियोगिताबाटै बाहिसकेका दुबै टोलीलाई आजको खेल केबल सान्त्वनाका लागि हुनेछ र सोही सान्त्वना जितको खोजिमा आज पोखरा र ललितपुर रहनेछ्न ।
यता जारी प्रतियोगितामा लगातार चार खेलमा जित हासिल गर्दै ८ अंकसहित अंकतालिकामा पहिलो स्थान हासिल गर्दै चितवन राईनोज फाइनल प्रबेश गरिसकेको छ ।
भने अर्को फाइनल पुग्ने टिमका लागि भने मंगलबार विराटनगर टाईटन्स र क्याट क्विन्स काठमाडौंबीच प्रतिष्पर्दा हुदैछ । यहाँबाट विजयी टोलीले बिहिबार हुने फाइनल खेलमा चितवनसँग खेल्नेछ ।
यस प्रतियोगिताको विजेताले नगद ७ लाख प्राप्त गर्नेछ भने उप विजेताले ३ लाख प्राप्त गर्नेछन ।
यता ब्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान स्कुटर सहित नगद ५० हजार प्राप्त गर्नेछिन ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलरले समान २५/२५ हजार प्राप्त गर्नेछिन ।