onlinekhelkhabar.com

Complete website for Nepali Sports News

डब्लुसिएलमा विराटनगरलाई पराजित गर्दै चितवन फाइनल प्रवेश

काठमाडौं ( अनलाइन खेलखबर ) | काठमाडौंमा जारी वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल )मा चितवनले लिग चरणका सबै चार खेल जित्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

आज भएको खेलमा विराटनगरलाई ५३ रनले पराजित गरेपछि चितवनलाई फाइनल यात्रा तय गर्न प्रयाप्त बन्यो ।

पराजित भएपनि विराटनगरलाई अझै फाइनल पुग्ने एउटा सुनौलो अबसर रहेको छ । मंगलबार हुने प्रतियोगिताको क्वालीफायरमा काठमाडौंसँग अब विराटनगरले भिड्ने छ । यो खेल जित्ने टिम बिहिबार हुने फाइनलमा चितवन राईनोजसँग प्रतिश्पर्दा गर्नेछ ।

यता आज भएको खेलमा चितवनले प्रस्तुत गरेको १ सय २३ रनको मध्यम लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको विराटनगर १७.५ ओभरमा अलआउट हुदै ६९ रनमा रनमा सिमित हुन् पुगेपछि खेल चितवनले आफ्नो पक्षमा पार्न सफल भयो ।

विराटनगरका लागि ओपनर ब्याट्रर ज्योति पाण्डेले २१ रन तथा अन्त्यतिर डोली भट्टले २१ रनको योगदान दिन बाहेक अन्य खेलाडीबाट उलेख्य योगदान हुन् नसक्दा टिम पराजित हुन पुग्यो ।

बलिङतर्फ चितवनकी कबिता गौतमले सर्बाधिक ३ तथा सुमन खतिवडाले २ लिए भने रेखा रावल र सन्तोषी चौधरीले पनि समान १/१ विकेट लिईन ।

त्यसअघि किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो ।

खेलमा चितवनले सुरुवात राम्रो गर्ने क्रममा ६९ रनको ओपनिङ साझेदारी पाएको थियो | टिमलाई काजल श्रेष्ठ र कन्चन श्रेष्ठले राम्रो सुरुवात दिलाउने क्रममा पहिलो विकेटको रुपमा पभेलियन फर्किएकी कन्चनले ३४ रनको योगदान गरिन ।

४१ बलको सामना गरेकी उनले ६ चौकाको मद्दतमा उक्त स्कोर बनाउँन सफल भएकी हुन् । भने काजलले ३६ रनको योगदान गरिन यस्तै कप्तान ईन्दु वर्माले १६ तथा सुमन खतिवडाले १० र रितु कौनौजियाले ५ रनको योगदान गरिन ।

बलिङतर्फ विराटनगरकी सबनम राईले २ तथा सर्मिला मगर , सोनु खडका र आरती बिडारीले समान १/१ विकेट हात पारिन ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *