onlinekhelkhabar.com

Complete website for Nepali Sports News

रुबिना चम्किँँदा काठमाडौं क्वालिफायरमा

काठमाडौं ( अनलाइन खेलखबर ) | काठमाडौं जारी वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) को क्वालिफायरमा पुग्न सफल भएको छ ।


आज आईतबार भएको आफ्नो लिगको अन्तिम खेलमा ललितपुरलाई ८ विकेटले पराजित गरेपछि काठमाडौं लिगको क्वालिफायरका लागि छनोट हुन् पुगेको हो । यता पराजित ललितपुर् भने एक खेल अगाडीनै प्रतियोगिताबाटै बाहिरिएको छ ।

प्रतियोगिताबाट ललितपुर र पोखरा बाहिरिदा अब भने प्रतियोगिताको प्राबधान अनुसार लिगको शिर्षस्थानमा रहदै फाइनल पुग्ने समीकरण रोचक बनेको छ ।

अब यसपछी हुने खेलमा बिराटनगर र चितवनको बीचमा चितवनले जितेमा चितवन अंकतालिकामा पहिलो हुँदै प्रतियोगिताको फाइनल पुग्नेछ ।
यदि चितवन विराटनगरसँग पराजित भएको खण्डमा भने तिन टिमको समान ६ /६ अंक हुँदा नेट रनरेटले समिकरणलाई निर्धारण गर्नेछ ।

प्रतियोगिताको प्राबधान अनुसार लिगको अंकतालिकाको पहिलो स्थानमा रहने टिमले सिदै फाइनल पुग्दा लिगको दोस्रो र तेस्रोले क्वालिफायर खेल्नेछन यहाँबाट जित्ने टिम फाइनल पुग्नेछ ।

यता आज भएको खेलमा ललितपुरले दिएको १ सय ६ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको काठमाडौंले १७.२ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

काठमाडौंको जितमा कप्तान रुबिना क्षेत्रीले महत्वपूर्ण भूमिका निर्वाह गरिन । टिमलाई जिताउने क्रममा उनले अबिजित रहदै ५९ रनको योगदान गरिन ।
५२ बलको सामना गरेकी उनले ९ चौका र १ छक्काको मद्दतमा उक्त पारी खेल्दै टिमलाई जिताईंन । यस्तै रोमा थापाले १८ तथा रश्मि चौलागाईले ९ र अप्सरी बेगमले अविजित ७ रनको योगदान गरिन । यस्तै रोमा थापाले १८ तथा रश्मि चौलागाईले ९ र अप्सरी बेगमले अविजित ७ रनको योगदान गरिन ।

बलिङतर्फ ललितपुरकी अलिशा केसी र सम्झना खडकाले समान १/१ विकेट हात पारे ।

त्यसअघि त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ललितपुरले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो |

खेलमा ४.५ ओभरमा टिमको स्कोर २४ रन हुँदा पहिलो विकेटका रुपमा टिमले गीता गोसाईलाई व्यक्तिगत १३ रनमा आउट हुन् पुगिन | १७ बलको सामना गरेकी उनले २ चौकाको मद्दतमा उक्त रन बनाएकी थिइन् ।

त्यसपछी टिमका लागि ममता चौधरीले १५ रन र कप्तान नेरी थापाले २२ रनको योगदान दिदा रोशनी बोहराले सर्बाधिक २९ रनको पारी खेलिन भने करुणा भण्डारीले ८ रनको योगदान गरिन ।

बलिङतर्फ काठमाडौंकी ईश्वरी विष्टले २ विकेट लिदा सरस्वती कुमारीले १ विकट हात पारिन ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *