काठमाडौंको कसिलो बलिङमा ललितपुरले दियो मध्यम विजयी लक्ष्य

काठमाडौंको कसिलो बलिङमा ललितपुरले दियो मध्यम विजयी लक्ष्य

काठमाडौं ( अनलाइन खेलखबर ) | काठमाडौंमा जारी नेपालको पहिलो महिला क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) अन्तर्गत अहिले ललितपुर फाल्कोनले क्याट क्विन्स काठमाडौंको सामना गरिरहेको छ ।

त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ललितपुरले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ५ रन बनाएको छ ।

बिज्ञापन

खेलमा ४.५ ओभरमा टिमको स्कोर २४ रन हुँदा पहिलो विकेटका रुपमा टिमले गीता गोसाईलाई व्यक्तिगत १३ रनमा आउट हुन् पुगिन | १७ बलको सामना गरेकी उनले २ चौकाको मद्दतमा उक्त रन बनाएकी थिइन् ।

त्यसपछी टिमका लागि ममता चौधरीले १५ रन र कप्तान नेरी थापाले २२ रनको योगदान दिदा रोशनी बोहराले सर्बाधिक २९ रनको पारी खेलिन भने करुणा भण्डारीले ८ रनको योगदान गरिन ।

बलिङतर्फ काठमाडौंकी ईश्वरी विष्टले २ विकेट लिदा सरस्वती कुमारीले १ विकट हात पारिन ।

अब ललितपुरले दिएको १ सय ६ रनको विजयी चुनौतीलाई पछ्याउंदै काठमाडौंले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।

लिग चरणको अन्तिम तिर आईपुग्दा जारी लिगमा काठमाडौंले तीन खेलमा दुईमा जित र एक खेलमा हार ब्यहोरेको छ भने ललितपुर लगातार दुई खेलमा पराजित भएको छ ।

आज काठमाडौंले जित निकालेको खण्डमा ललितपुर प्रतियोगिताबाट बाहिरिने दोस्रो टिम बन्ने छ । यसअघि पोखरा पल्टन लगातार तीन खेलमा पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको छ ।

काठमाडौं पहिलो खेलमा चितवन राईनोजसँग ५ विकेटले पराजित भएको थियो । त्यसपछि भने काठमाडौंले लगातार दुई खेलमा जित निकाल्ने क्रममा दोस्रो खेलमा पोखरालाई ८२ रनले पराजित गरेको थियो र तेस्रो खेलमा विराटनगरलाई ५२ रनले पराजित गरेको थियो ।ओन
यता ललितपुरले अहिलेसम्म जितविहिन रहने क्रममा विराटनगरसँग पहिलो खेलमा ४ विकेटले र दोस्रो खेलमा चितवनसँग ८९ रनले पराजित भएको थियो ।

यसरी आजको दिनको पहिलो खेलमा दुबै टिमलाई जितको उत्तिकै महत्त्वपूर्ण रहेको छ । दुबै टिमलाई स्पष्ट जितको आबस्यक रहेको छ । काठमाडौंले जिते क्वालिफायर पक्का गर्नेछ भने ललितपुरलाई पनि प्रतियोगीतामा रहिरहन आजको खेल आफ्नो पक्षमा पार्नै पर्ने जरुरी छ ।
यदि ललितपुर काठमाडौंसँग पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *